काठमाडौं । प्रदेश नं. १ को नाम किरात राख्न सहमत दललाई सहयोग गर्ने २१ बुँदे घोषणा पत्र जारी गर्दै किरात राई यायोक्खा केन्द्रीय समितिको ११औं राष्ट्रिय महाधिवेशन बुधबार समापन भएको छ ।
नेपालको संघीय राजधानी काठमाडौंमा पाँच दिनसम्म भएको महाधिवेशनले जिवन हाताचो राईको अध्यक्षतामा ५६ सदस्यीय समिति सर्वसहमत चयन गर्दै मअधिवेशन समापन गरेको हो ।
समितिमा ज्ञानबहादुर राई, टिकासरी राई सहअध्यक्ष, राकेश राई, युवराज राई, दोर्पध्वज राई लगायत लगायत सात जना उपाध्यक्ष, महासचिवमा भीमकुमार राई, उपमहासचिवमा अर्जुन जम्नेली राई, हेमन्त राई, मञ्जु सोताङ राई, सचिवमा सुमन राई लगायत सात जना सचिव, कोषाध्यक्षमा परसुराम राई लगायत रहेका छन् ।
आउने मंसिर ४ गते हुने निर्वाचनमा १ नं. प्रदेशको नाम किरात प्रदेश राख्न घोषणा पत्र ल्याउन पार्टीहरूलाई आव्हान गर्दै किरात प्रदेश नाम राख्न पहल गर्ने दलका उमेद्वारलाई सहयोग गरेर आगामी प्रदेश सभाबाट किरात प्रदेश नामकरणको माहोल तयार पार्ने प्रस्ताव पारित गरेको छ । यायोक्खाले जारी गरेको घोषणा पत्र र निर्वाचित नयाँ कार्यसमितिको पुरा नाम ।
महाधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरूको नामवली
१) अध्यक्षः—जीवन हाताचो राई
२) सहअध्यक्ष ः— ज्ञान बहादुर राई
३) सहअध्यक्ष ः— टिकासरी राई
४) उपाध्यक्ष ः—तिलकप्रसाद राई
५) उपाध्यक्ष ः— राकेश राई
६) उपाध्यक्ष ः— जनक राई
७) उपाध्यक्ष ः— देवान राई
८) उपाध्यक्ष ः— सर्वधन राई
९) उपाध्यक्ष ः— युवराज राई
१०) उपाध्यक्ष ः— दोर्पाध्वज राई
११) महासचिव ः— भिम राई
१२) उपमहासचिव ः— अर्जुन जम्नेली राई
१३) उपमहासचिव ः— कृष्ण खालिङ राई
१४) उपमहासचिव ः— मातृका राई
१५) उपमहासचिव ः—हेमन्त राई
१६) उपमहासचिव ः—मञ्जु राई
१७) सचिव ः— सुमन राई
१८) सचिव ः—राजु एन राई
१९) सचिव ः— नागेशचन्द्र राई
२०) सचिव ः— पर्शु विराट राई
२१) सचिव ः— तारा राई
२२)सचिव ः—रञ्जु राई
२३) सचिव ः— अस्मिका राई
२४) कोषाध्यक्ष ः— परशुराम राई
२५) सहकोषाध्यक्ष ः— शुसिलकुमार राई
२६) सहकोषाध्यक्ष ः— गशेण खालिङ राई
२७) सहकोषाध्यक्ष ः— छिला राई
२८) सदस्य ः—खड्ग पुमा राई
२९) सदस्यः— बिर्सिका राई
३०) सदस्यः —सीताकुमारी राई
३१)सदस्य ः— रत्नादेवि राई
३२) सदस्य ः—अञ्जना राई (खोटाङ)
३३) सदस्य ः—राकेश चाम्लिङ राई
३४) सदस्य ः— किवाङहाङ राई
३५)सदस्य ः—मनोज वान्तावा राई (आयोजक)
३६) सदस्यः —इन्द्रमान चाम्लिङ राई (झापा)
३७) सदस्यः —नारहाङ राई (मोरङ)
३८)सदस्य ः— प्रमिला राई (काठमाडौ)
३९)सदस्य ः— हात्तिराम राई (खोटाङ)
४०)सदस्य ः— भिमबहादुर राई (भक्तपुर)
४१) सदस्य ः—अञ्जनी राई (सिराहा)
४२) सदस्य ः— मानभगत चाम्लिङ राई (सुनसरी)
४३) सदस्य ः— होमबहादुर राई (इलाम)
४४)सदस्य ः— दीपक राई राई (उदयपुर)
४५) सदस्य ः— अञ्जना रार्ई (धनकुटा)
४६) सदस्य ः— रामध्वज राई (भोजपुर)
४७) सदस्य ः— सम्झना राई (सोलु)
४८) सदस्य ः— रामचन्द्र राई (ताप्लेजुङ)
४९)सदस्य ः— बिकास राई (ओखलढुङगा)
५०) सदस्य ः— मनिकुमार राई (उदयपुर)
५१) सदस्यः ः—कमला राई (सुम्निमा)
५२) सदस्य ः— डेकिन्द्रकुमार राई (विद्यार्थी)
५३) सदस्य ः— रोशन वान्तावा राई (कलाकार)
५४) सदस्य ः— जयकुमार राई (खालिङ)
५५) सदस्य ः— मुकुन्द राई (थुलुङ)
५६) समस्य ः —झिल खिम्वुले राई ( युवा)
किरायाबाट पारित भक्तपुर बोडे घोषणा–पत्र
किरात राई यायोक्खाको ११औं राष्ट्रिय महाधिवेशन २०७९ असोज ८—१० गतेसम्म (उद्घाटन राष्ट्रिय सभागृह काठमाडौं र बन्दसत्र भक्तपुर बोडे स्थित कृषि बिकास तालिम केन्द्रको हलमा) भब्य रूपमा समापन भएको छ । राष्ट्रिय महाधिवेशनको तयारीदेखि वन्द सत्र सकिँदा विषेशत प्रदेश नम्बर १ को नाम किरात राख्ने, भाषा, संस्कार, संस्कृति, लिपि लगायतको विषयमा छलफल बहस भयो । सम्मेलनले पारित गरेको २१ बुँदे घोषणापत्र जारी गरेका छांै ।
१) संघीय गणतन्त्र नेपालको १ नं. प्रदेशलाई किरात प्रदेश नामकरण गर्न थप निर्णायक आन्दोलन गर्ने
२) २०७९ मंसिर ४ गते हुने निर्वाचनमा १ नं. प्रदेशको नाम किरात प्रदेश राख्न घोषणा पत्र ल्याउन पार्टीहरूलाई आव्हान गर्दै किरात प्रदेश नाम राख्न पहल गर्ने संगठनका उमेद्वारलाई सहयोग गरेर आगामी प्रदेश सभाबाट किरात प्रदेश नामकरणको माहोल तयार पार्ने प्रस्ताव पारित गर्दछ ।
३) बिद्यालयहरूमा किरात राई समुदायको मातृभाषामा पठनपाठन हुँदै आएका पुस्तकहरू किरात सिरिजङगा लिपिमा परिणत गर्दै, लिपिको व्यापक प्रयोगको लागि ११औं राष्ट्रिय महाधिवेशन विशेष प्रस्ताव पारित गर्दछ ।
४) किरात राई समुदायको भाषिक÷थरगत राईहरूलाई थप संगठित हुँदै एकताबद्ध हुन हार्दिक आव्हान गर्दछ ।
५) भाषा आयोगले प्रदेश नं. १ को सरकारी कामकाजको भाषा बक्ता संख्याको आधारमा सिफारिस गर्दा हाम्रो माग प्रति गम्भीर बेवास्ता भएको छ । राई मातृभाषाहरू मध्ये कम्तिमा २ वटा राई जातिभित्रका भाषाहरू प्रदेश तहमा र स्थानीय तह (नगरपाललिका, गाउँपालिका र वडा) हरूमा समेत किरात राई मातृभाषाहरू सरकारी कामकाजी भाषाको रूपमा प्रयोग र प्रचलनमा ल्याउन ११औं राष्ट्रिय महाधिवशेन प्रस्ताव गर्दछ ।
६) किरात राई जातिले बोल्ने मातृभाषाहरूमा पठनपाठन सुरू भएको विद्यालयहरूमा शिक्षक दरबन्दी सिर्जना गर्नुकासाथै मातृभाषा शिक्षकको व्यवस्था गरियोस्, मातृभाषी विद्यार्थी भएको बिद्यालयहरूमा पठनपाठन सुरूगर्ने व्यवस्था गरियोस् र किरात राई मातृभाषी बसोबास भएको स्थानीय तहहरूमा मातृभाषालाई सरकारी कामकाजको भाषा घोषणा गरियोस् भनी सम्बन्धित स्थानीय सरकारसँग जोड्दार माग गर्दछ र आव्हान गर्दछ ।
८) संविधानतः धर्म निरपेक्ष मुलुक घोषणा भैसकेको सन्दर्भमा धर्मको नामबाट हुने सबैखाले हस्तक्षेप र दमनको घोर भत्र्सना गर्दै धर्म निरपेक्षताको पूर्ण कार्यान्वयनका लागि नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।
९) अनुमोदित अन्तर्राष्ट्रिय अभिसन्धि क्ष्ीइज्ञटढ को पूर्ण कार्यान्वयनको लागि नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
१०) प्रस्तावित किरात प्रदेशका गढीहरू चौदण्डी गढी, केपिलास गढी, चिना गढी, विजयपुर गढी, हतुवा गढी, साँगुरी गढी, मझुवा गढी, तलुवा गढी, होलेसुङ चिसंकु गढी, मुक्ली गढी, बुढी मोरङ, ओगानेम गढी, मौरे गढी लगायतको गढीहरूको संरक्षण र संवद्र्धन गर्न सरकारको ध्यानाकर्षण गराउँदछ ।
११) भोजपुरको हतुवागढीमा रहेको सेनाको ब्यारेक र खोटाङको मझुवागढीमा रहेको सशस्त्र प्रहरीको ब्यारेक तुरून्त हटाइयोस् ।
१२) जननायक सहीद रामप्रसाद राईलाई राजनैतिक परिवर्तनको आन्दोलनमा उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै अविलम्ब राष्ट्रिय विभूति घोषणा गर्न जोडदार माग गर्दछ ।
१३) समुदायभित्रको धार्मिक व्यापारीहरूलाई निरूत्साहित गर्दै मुन्दुम (प्रकृतिक पुजक) संस्कार संस्कृतिलाई संरक्षण, विकास र सम्बद्र्धन गरिनेछ ।
१४) झापाको लखनपुरमा रहेको आदिवासी जनजाति रंगशालालाई सोही नामले स्थापित गरियोस ।
१५) किरात राई जातिको मौलिक लोकलय, मौलिक भेषभुषा, लोककथा, चाडबाड र परम्परागत ज्ञान शिपको संरक्षण सम्बद्र्धनको लागि विषेश अभियान सञ्चालन गरिनेछ ।
१६) किरात राई समुदायको धार्मिक, सांस्कृतिक कार्य गर्ने हंसुमी, रिसिमि, नछौं÷नाक्सो, दोवा, कुवी र तकायाहरूको बृत्ति विकासको लागि अक्षयकोषको वृद्धि गर्दै लाने र उनीहरूको विवरण सङ्कलन गरी दस्तावेज गरिने छ ।
१७) केन्द्रीय तथ्याङ्क विभागले संचालन १२औं गरेको राष्ट्रिय जनगणना २०७८ मा किरात राईहरूको वास्तविक तथ्याङ्क उतार्न भाषिक÷थरको पछाडि राई र धर्मको महलमा किरात, मातृभाषाको महलमा आ–आफ्नो मातृभाषा लेख्ने÷लेखाउने अभियान संचालन गरियो। तथ्याङ्क बिभागले सङ्कलित तथ्याङ्कहरू प्रशोधन गरिरहेकोले केन्द्रीय तथ्याङ विभागमा थप खवदारी र पहल कदमी गर्न थप अभियान संचालन गरिने छ ।
१८) खुवालुङको दीर्घकालिन संरक्षण र प्रवद्र्धनको लागि बिशेष अभियान संचालन गरिने छ ।
१९) संयुक्त राष्ट्र संघले सन् २०२२ देखि सन् २०३२ लाई विश्व आदिवासी भाषा दशकको रूपमा घोषणा गरेको छ । किरात समुदायले बोल्ने धेरै भन्दा धेरै मातृभाषाहरू लोपोन्मुख अवस्थामा पुगेका कारण सम्बन्धित निकायहरूले संरक्षण र संवर्धन र विकासमा ध्यान पुर्याउन सकोस् भनी जोडदार माग गर्दछ ।
२०) तिलुङ, लुङ्खिम जस्ता संकटापन्न मातृभाषाहरुलाई विशेष संरक्षित क्षेत्र घोषणा गरियोस् ।
२१) किरात राई जातिको पहिचान र अधिकार स्थापित गर्न सम्पूर्ण राईहरू एकजुट हौंं ।