• काठमाडौ । किरात राई पत्रकार संघ केन्द्रीय समितिले स्थापना दिवसको अवसरमा पत्रकार सइन्द्र राईलाई सम्मान गरेको छ । 
    किरात राई पत्रकार संघ केन्द्रीय समितिले काठमाडौं कोटेश्वर स्थित सुम्निमा हलमा सुक्रबार १५ औं स्थापना दिवस मनाएको हो । स्थापना दिवसको अवसरमा अनलाइन खवरमा कार्यरत पत्रकार सइन्द्र राईलाई नगद १० हजार र सम्मान पत्रले सम्मान गरेको हो । पत्रकार सइन्द्र राई अनलाइन खबरको राजनीतिक व्यूरो हेर्ने विशेष संवाददाताको रुपमा कार्यरत छन् । 
    किरात राई यायोक्खाको ११ औ महाधिवेशनबाट नव निर्वाचित महासचिव भीम राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा किरात राई पत्रकार संघका संस्थापक अध्यक्ष पदम राई, पत्रकार सञ्जय सन्तोषी राई लगायतले शुभकामना दिएका थिए ।

     कार्यक्रममा किरात राई यायोक्खाको उपमहासचिव अर्जुन जम्नेली राई, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को केन्द्रीय सचिव बुद्धवीर बाहिङ राई, किरात राई लेखक संघको अध्यक्ष बलिराज खम्बू राई, किरात राई पत्रकार संघको पूर्ब महासचिव भद्रगोल किराती लगायतको उपस्थिति भएका थिए । संघको अध्यक्ष अवतार राईको सभापतित्वमा भएको कार्यक्रम महासचिव कृष्णजित राईले सञ्चालन गरेका थिए । 
     

सम्वन्धित समाचार

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…