• मोरङ । मोरङ ३ नं. क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धन चुनावी रफ्तार वडातहसम्म पुग्दैछ ।
    शनिबार (अशोज २९) ३ नं. क्षेत्र (क)को पथरी बहुमुखी क्याम्पसमा गठबन्धनका उमेद्वारसहितको भेला थियो ।
    भेलाले पूर्ब संघीय सांसद लालबहादुर सुश्लिङ मगर (माओवादी केन्द्र)को संयोजकत्वा २५ सदस्यीय ३ नं. क्षेत्र (क) प्रदेशको निर्वाचन परिचालन समिति गठन भएको छ । समितिको सह संयोजकमा बाबुराम दाहाल (नेका), कुमार चाम्लिङ राई (नेकपा, एस) रहेका छन् ।
    सदस्यहरुमा माओवादी केन्द्रको तर्फबाट रञ्जु कटुवाल, लक्ष्मण तामाङ, कमल हाङबाङ लिम्बू, नेकपा (एस)को तर्फबाट दीपक बस्नेत, डम्बर चेम्जोङ लिम्बू, देवेन्द्र वनेम, कांग्रेसको तर्फबाट लोकनाथ खरेल, माधव कोइराला, शन्तोष कार्की, दुर्गा भट्टराई लगायत रहेका छन् ।
    पथरी बहुमुखी क्याम्पसमा भएको भेलामा ३ नं. क्षेत्रको प्रतिनिधि सभा सदस्यको उमेद्वार सुनिल शर्मा, समानुपातिक तर्फको नेकपा (एस)को संघीय उमेद्वार कृष्णकुमारी बिक, माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा सदस्यको समानुपातिक उमेद्वार गीता तिम्सिना लगायतको उपस्थिति रहेको थियो । प्रदेश सभा सदस्यको प्रत्यक्ष तर्फको उमेद्वार स्वास्थ्यको कारण उपस्थित भएनन् ।
    संघीय सांसदको साझा उमेद्वार सुनिल शर्माले सुकुम्बासी लगायतको समस्या समाधान गर्छु भन्दै एमालेले ढाट्दै आएको प्रमाण जनतासँग रहेको बताए । आफूले तिजेतमा सुकुम्बासी समस्या समाधानलाई पहिलो प्राथमिकतामा राख्ने भन्दै एमाले उमेद्वार जस्तो ढाँटेर नहिड्ने शर्माले बताए । 
    आज (अशोज ३०) माओवादी पार्टी पथरीशनिश्चरे नगर समितिको कार्यालयमा भएको अर्को भेलाले क्षेत्र (क)मा पर्ने पथरीशनिश्चरे, कानेपोखरी र बेलबारीको चिर्वाचन परिचालन समिति, आर्थिक ब्याबस्थापन, निर्वाचन समाग्री वितरण, घोषणा पत्र सुझाव समिति र निर्वाचन कार्यालय सचिवालय सठन भएको छ ।
    पथरीशनिश्चरे नगर स्तरीय निर्वाचन परिचालन समितिको संयोजकमा कांग्रेस नगर सभापति रुपनारायण भट्टराई, माओवादी केन्द्रको अध्यक्ष गोबिन्द कटुवाल, नेकपा (एस)को नगर अध्यक्ष तुलशी ढकाल लगायत १५ सदस्यीय समिति गठन भएको छ ।
    त्यसैगरी आर्थिक ब्यावस्थापन समितिको संयोजक नेपाली कांग्रेसको लोकनाथ खरेलको संयोजकत्वमा माकेको तर्फबाट रञ्जु कटुवाल, मान दियाली, नेकाको सन्तोष गुरुङ, सिर्जना पाठक, नेकपा एसका कुमार चाम्लिङ, धनप्रसाद साबा सदस्य रहेका छन् ।
    त्यसैगरी निर्वाचन कार्यालय सचिवालय कांग्रेस पथरीशनिश्चरे नगर सचिव सन्तोष कटुवाल, माओवादी केन्द्रको नगर सचिव मोहन लिम्बू र नेकपा (एस)को नगर सचिव देवेन्द्र वनेम तोकिएको छ । (क) प्रदेशको कार्यालय पथरी बजारमा खोल्ने निर्णय भएको छ ।
    बैठकले घोषणा पत्र सुझाव समितिमा टंक भण्डारी (एस), शिव तिम्सिना (माके) र नवीन खड्का (नेका), निर्वाचन समाग्री वितरण समितिमा दीपक बस्नेत (एस)को संयोजकत्वमा मदन पोख्रेल (माके) र रोशन पराजुली (नेका) सदस्य रहेको छुट्टाछुट्टै पाँच वटा समिति गठन भएको छ । 
    बैठकले क प्रदेशमा पर्ने कानेपाखेरी र बेलबारीकोसमेत समितिहरु गठन भएको प्रदेश स्तरीय निर्वाचन परिचालन समितिको संयोजक लालबहादुर मगरले बताए । पालिका स्तरीय समितिले क्षेत्रमा पर्ने १४ वटा वडामा यसैगरी समिति गठन गरेर प्रचार प्रशार लगायतको अभियानमा लाग्ने बताइएको छ ।
    यस अघि नेपाली कांग्रेस क्षेत्रीय सभापति गणेश खड्काको संयोजकत्वमा ३ नं. क्षेत्र स्तरीय निर्वाचन परिचान समिति, आर्थिक ब्यवस्थापन र प्रचारप्रशार समिति गठन भइसकेको छ । प्रदेश क मा जस्तै ख प्रदेशमा पनि यसैगरी समिति गठन भइरहेको नेपाली कांग्रेस क्षेत्रीय सभापति समेत रहेका निर्वाचन परिचान समितिको संयोजक गणेश खड्काले बताए ।

    बार मोरङको बेलबारीमा भएको बैठकले चुनावी प्रयोजनको लागि तीन वटा समिति गठन गरेको छ ।
    मोरङ ३ नं. क्षेत्रको तीनै जना उमेद्वारलाई जिताउन निर्वाचनमा लाग्ने उदेश्यले कांग्रेस क्षेत्रीय सभापति गणेश खड्काको सभापतित्वमा बैठक बसेको थियो ।
    बैठककाले कांग्रेस क्षेत्रीय सभापति गणेश खड्काको अध्यक्षतामा १७ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको छ । समितिको सह संयोजक दीपक भट्टराई (माओवादी केन्द्र), चण्डीप्रसाद राई (नेकपा, एस), मित्रसेन योञ्जन, राजेन्द्र ढकाल, मानबहादुर लिम्बू, सन्तोष फूयल, तिलकप्रसाद राई, श्रीहाङ राई, लोचन धमला, रञ्जु कटुवाल, नवराज चापागाई, अम्बिका अर्याल, तुलशी ढकाल, भूमि दुलाल, भूपाल बस्नेत, महेश आचार्य गरी १७ सदस्यीय समिति गठन भएको हो ।
    त्यसैगरी नेकपा (एस)को पोलिटब्युरो सदस्य हर्कमान तामाङको संयोजकत्वमा ११ सदस्य उच्च स्तरीय संयुक्त अनुगमन समिति गठन भएको छ ।
    समितिको सदस्यमा डा. देउमान सङ्बाहाङ्फे, गीता तिम्सिना, महेन्द्र सुवेदी, शिव प्रसाद ढकाल, अरुण सुन्दास लगायत रहेका छन् ।
    बैठकले  नेकपा (माओवादी केन्द्र) असोक दाहालको संयोजकत्वमा २५ सदस्यीय प्रचारप्रशार मूल समिति गठन गरेको छ ।
    समितिको सदस्यहरुमा कांग्रेसको डा. अताबुल मन्सुर, कबिता पराजुली, नेकपा (एस)का मानप्रसाद लिम्बू, युवराज भट्टराई, माओवादी केन्द्रको अर्जुन जम्नेली राई, मोहन भट्टराई लगायत रहेका छन् ।
    बैठकले असोज २८ गतेसम्म प्रदेस, गाँउ, नगर र वडातहसम्म निर्वचन परिचालन, प्रचारप्रसार र अनुगमन समिति गठन गरिसक्ने र कार्यालय खोल्ने निर्णय भएको छ ।
    कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस)को तर्फबाट ३ नं. क्षेत्रमा प्रतिनिधि सभा सदस्यमा सुनिल शर्मा (नेका) ३ (क)मा शेखरचन्द्र थापा (नेका) र (ख)मा नेकपा (एस)को लक्ष्मीकुमार श्रेष्ठ चुनावी मैदानमा रहेका छन् ।
    मोरङ ३ नं. क्षेत्रबाट समानुपातिकतर्फ नेकपा (एस)को कृष्णकुमारी बिक संघीय सांसदमा दलिततर्फ देशकै १ नम्बरमा र गीता तिम्सिना माओवादी केन्द्रको तर्फबाट प्रदेश सभाको लागि खस आर्य समूहको लागि १ नं. मा बन्द सूचीमा परेकोले दुई जना सांसद बन्ने निश्चित जस्तै भएका छन् ।

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…