• मोरङ । वाम–लोकतान्त्रिक गठबन्धनको उमेद्वारलाई जिताउन मोरङ ३ नं. क्षेत्रमा गठबन्धन आबद्ध राजनीतिक पार्टीको नेतृत्व निरन्तर सक्रिय रहेका छन् ।
    प्रनितिधि सभा सदस्य सुनिल शर्मा (रुख), प्रदेश सभा सदस्य ‘क’ शेखरचन्द्र थापा (रुख) र ‘ख’ लक्ष्मीकुमार श्रेष्ठ (कलम) उमेद्वार रहेका छन् ।
    गठबन्धनका उमेद्वारहरुलाई जिताउन नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस)का नेता कार्यकर्ताहरु भेला, बैठक र संयुक्त निर्वाचन परिचालन समिति गठन गर्दै आएका छन् ।
    यसको लागि क्षेत्र, दुवै प्रदेश र पालिका स्तरसम्म निर्वाचन परिचालन समिति, आर्थिक ब्यबस्थापन, प्रचार प्रसार, युवा परिचालन समिति गठन भइसकेको छ ।
    पथरीशनिश्चरेमा सोमबार नगर परिचालन समितिको संयोजक नेपाली कांग्रेस सभापति रुपनारायण भट्टराईको अध्यक्षतामा भएको बैठकले ४ दिनमा आठै वटा वडामा निर्वाचन परिचालन लगायत आवश्यक संयुक्त संगठन निर्माण गर्ने निर्णय गरेको छ ।
    पथरीशनिश्चरे नगर १ र २ नं. वडा कार्तिक २ (बुधबार), ३ र ७ कार्तिक ३ गते, वडा नं. ४ र ८ कार्तिक ४ गते र ९ र १० नं. वडा कार्तिक ५ गते हुने निर्णय भएको नगर निर्वाचन परिचालन समितिको सह संयोजक माओवादी केन्द्रको नगर अध्यक्ष गोबिन्द कटुवालले बताए । कार्यक्रम बिहान ७ र २ बजे वडा भेला मिलाएको बताइएको छ ।
    वडा भेलामा कांग्रेस नगर सभापति रुपनारायण भट्टराई, माओवादी केन्द्रका अध्यक्ष गोविन्द कटुवाल, नेकपा (एस)को तर्फबाट प्रेम पोमु लगायत नगर, क्षेत्र र प्रदेश निर्वाचन परिचालन समितिको संयोजक, सहसंयोजक लगायत सहभागि हुने बताइएको छ । प्रदेश क्षेत्र क को निर्वाचन परिचालन समितिको संयोजक माओवादी केन्द्रको तर्फबाट प्रदेश समिति सदस्य लालबहादुर मगरलाई तोलेको छ ।
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित युमा माङहिममा नेपालको राष्ट्रिय विभूति समाज सुधारक फाल्गुनन्द लिङ्देनक…

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चाको सुनसरीको धरानमा भएको ५ औं राष्ट्रिय सम्मेलनबाट पूर्व मन्त्री रामकुमार…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव सुरु भएको छ । …

मोरङ । आफ्नो धार्मिक÷सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीम…