• मोरङ । नेकपा (एस)को १ नं. प्रदेश सदस्यसमेत रहेका प्रदेश सभा सदस्यका उमेद्वार मानप्रसाद लिम्बूले गठबन्धनको कारण संविधान जागिएको बताएका छन् ।
    मानप्रसाद लिम्बू नेकपा (एस)को तर्फबाट मोरङ ३ नं. क्षेत्र ‘क’ प्रदेश सभा सदस्यको समानुपातिक उमेद्वार हुन् । 
    लिम्बुले आज (बुधबार) पथरीशनिश्चरे वडा नं. २ को भेलालाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । लिम्बूले देशमा केपी ओलीको कारण एमाले समस्यामा पर्दै गएको उल्लेख गर्दै लोकतान्त्रिक गठबन्धनको आन्दोलनले वर्तमान संविधान बचेको बताए ।
    केपी ओली शक्तिमा पुगे देश प्रतिगमन तिर जाने खतरा कायम रहेकोले भोट लोकतान्त्रिक वाम गठबन्धनलाई दिनुपर्ने लिम्बूको भनाइ थियो । 
    लिम्बूले अलिकति बल पुगेको खण्डमा पार्टीको तर्फबाट आफू प्रदेश सभामा जानसक्ने संभावना भएको कारण नेपाली कांग्रेसले समेत सहयोग गर्न अनुरोध गरेका छन् । प्रदेशको नाम पहिचानको आधारमा राख्न ठूला दलका नेताहरुले हिचकिचाहट गर्न नहुने समेत लिम्बूको भनाइ थियो ।
    कार्यक्रममा माओवादी केन्द्रको केन्द्रीय सदस्यसमेत रहेकी प्रदेश सभा सदस्य गीता तिम्सिना, नेपाली कांग्रेसका प्रदेश सदस्य लोकनाथ खरेल लगायतले मन्तब्य राखिएको कार्यक्रम गठबन्धनको नगर संयोजक रुपनारायण भट्टराईको सभापतित्वमा माओवादी केन्द्रको अध्यक्ष गोबिन्द कटुवालले सञ्चालन गरेका थिए । नेकपा (एस)को प्रदेश सदस्य कुमार चाम्लिङ राईले स्वागत गरेका थिए । 

    वडा नं. २ निर्वाचन परिचालन समिति


    भेलाले २ नं. वडा निर्वाचन परिचालन समितिको संयोजकमा नेपाली कांग्रेस वडा सभापति लोकनाथ अधिकारी, सहसंयोजकमा माओवादी केन्द्रको थमराज आचार्य र नेकपा (एस)को आसबहादुर राई रहेका छन् ।
    सदस्यहरुमा नेकाको तर्फबाट लालबहादुर राई, शंकर बुढाथोकी, तुलशी पराजुली, रमेश ढकाल, अञ्जु रिजाल, माओवादी केन्द्रको तर्फबाट भुपेन्द्र खड्का, पदम खड्का, बर्षा कंसाकार, खगेन्द्र घिमिरे, नेकपा (एस)को तर्फबाट तारा राई, सुजन बास्तोला, नुमा राई र पुन्यप्रसाद दाहाल रहेका छन्
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भोली (माघ २७) गतेदेखि पञ्चायत माविमा नगरको सातौ राष्ट्रपति रनिङ शिल्ड ख…