•   २०७४ फागुन २० आइतवार

    बुटवल । प्रदेश ५ सरकारको मुख्यमन्त्री शंकर पोखरेल हुन् । उनी दाङका बासिन्दा हुन् ।

    शुरुदेखि नै दाङलाई प्रशासनिक राजधानी  बुटवल र नेपालगञ्जलाई औद्योगिक नगर बनाउने भन्दै आएका पोखरेल बुटवललाई देउवा सरकारले राजधानी तोकेपछि तनाबमा छन् ।

    जसका प्रतिक्रिया स्वरुप उनले सरकारका अधिकांश नियुक्तिमा बुटवल र लुम्बिनी क्षेत्रलाई निषेध गर्न थालेका छन् ।

    प्रदेश सभामा सभामुख माओवादीको भागमा पर्‍यो ।

    यसमा शंकर पोखरेल र माओवादी नेता वर्षमान पुनको सल्लाहमा लुम्बिनी क्षेत्रका सांसद्को कुरा वेवास्ता गर्दै रोल्पाका पूर्णबहादुर घर्ती सभामुख बने । सभामुखमा रुपन्देहीका माधव शर्मा र गुल्मीका सुदर्शन बराल पनि दाबेदार थिए ।

    उपसभामुख एमालेको भागमा पर्‍यो । एमालेले बर्दियाकी कृष्णी थारुलाई उपसभामुख बनायो ।

    यस्तै मन्त्रिपरिषद् विस्तारमा पनि शंकर पोखरेल र वर्षमान पुनले क्षेत्रीयता देखाए । माओवादीले रोल्पाकै कुलप्रसाद केसीलाई आन्तरिक मामिला तथा कानुन मन्त्री बनायो ।

    एमालेबाट लामो कसरतपछि नवलपरासीका वैजनाथ चौधरी भौतिक पूर्वाधार मन्त्री बने । उनलाई प्रवक्ता बनाएपनि उनीसँग खास खास विषयबारे जानकारी नै दिइएको छैन ।
    दाङका ठाकुर डिसी मुख्य न्यायाधिवक्ता बन्दैछन् । नियुक्ति भइसकेको बधाई सहित दाङका एमाले नेताहरुले नै प्रचार गर्न थालेका छन् ।

    तर यसको जानकारी प्रवक्तालाई छैन ।

    एमालेबाट मन्त्री बनेका चौधरी भन्छन्म  लाई जानकारी छैन  मुख्यमन्त्रीज्यूले केही गर्नुभएको होला ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…