• धनगढी, ६ कात्तिक

    प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्र र लोकतन्त्रलाई बचाउन सत्तागठबन्धनका उम्मेदवारलाई जिताउनु आवश्यक रहेको बताएका छन् ।

    आइतबार सत्तारुढ गठबन्धनले धनगढीमा आयोजना गरेको प्रदेशस्तरिय संयुक्त भेलामा बोल्दै उनले एमालेसहितको गठबन्धनले जिते देश अस्थिरताको भुमरीमा फस्ने र अहिलेका उपलब्धि गुम्ने खतरा रहेको भन्दै त्यस्तो जोखिमबाट बचाउन वाम लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताए । सत्तागठबन्धनले हारेमा देश संकटमा पर्ने देउवाको दावी छ ।

    उनले सुदूरपश्चिमबाट सत्तारुढ गठबन्धलाई जितको सफलता मिल्ने अपेक्षा राखेकोसमेत बताए । ओलीले संसद् विघटन गरेर संविधानलाई समाप्त पार्न खोज्दा सुदूरपश्चिमबाटै सबैभन्दा बढी विरोध भएको र संविधान स्मरण गर्दै ४ मंसिरपछि सुदूरपश्चिमवासीले ओलीलाई पाखा लगाउने बताए । 

    उनले सुदूरपश्चिमबाट गठबन्धन दलका उम्मेदवारहरूलाई जिताउनसमेत आह्वान गरेका छन् । देश अहिले गम्भीर मोडमा पुगेको भन्दै उनले चुनावपछि देश कता जाने भन्ने थाहा हुने बताए । ‘यदि सत्तारुढ गठबन्धनले जितेमा देश सुरक्षित बन्ने छ र लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा हुने छ, तर ओलीको नेतृत्वले जिते सबै उपलब्धि गुम्ने छन्, देशलाई कता लैजाने भन्ने बारेमा मतदाताले सोच्नु पर्दछ,’ उनले भने ।
     

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…