• पुन जडान गरिएको सीसी क्यामरेरा बारे जानकारी गराउदै इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतम

    मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–१ स्थित पथरी बजारमा सीसी क्यामरा मर्मतपछि यहाँ हुने क्रियाकलापको दृश्य पुन रेकर्ड सुरु भएको छ ।
    सीसी क्यामेरा मर्मत भएपछि पथरी बजार पुन क्यामेराको निगरानीमा आएको छ । करिव डेढ हप्ता अघिदेखि बजारमा हुने क्रियाकलापको दृश्य रेकर्ड सुरु भएको इलाका प्रहरी कार्यालय पथरीका डीएसपी बेदप्रसाद गौतमले बताए । पथरी बजारको सुरक्षाको लागि पथरी शनिश्चरे नगरपालिका –१ नं. वडा अध्यक्ष भिम राईको पहलमा क्यामराहरु मर्मत भएको हो ।
    पथरी बजारलाई सुरक्षित राख्ने उदेश्यले नगरपालिकाकै खर्चमा २०७७ पुसमा १८ वटा सिसि क्यामरा जडान गरिए पनि एक बर्ष नपुगि क्यामेराले काम गर्न छाडेको थियो ।
    सीसी क्यामेरा नहुँदा पथरीमा साँझ पख पैसा बोकेको झोला तथा गरगहना थुतेर (चोरेर) भाग्ने क्रम बढेको थियो ।
    मोटरसाइकलमा आएका ब्यक्तिले झोला, गहना, मोबाइल खोसेर भाग्नेको संख्या बढेपछि चोकचोकमा डे«स र सादा पोसाकमा प्रहरी राख्नु परेको प्रहरी प्रमुख गौतमले बताए । रिमरिम अध्यारोमा यस्ता घट्ना हुने भएकाले प्रमाण नहुँदा अपराधि प्रमाणित गर्न समस्या हुँदै आएको थियो ।
    नाइट भिजन (राति पनि रेकर्डहुने) उक्त क्यामराहरुले बजारको दृश्य रेकर्ड गर्न थालेपछि बजारमा हुने यस्ता अपराधिक घट्ना पत्ता लगाउन सजिलो हुने डीएसपी बेदप्रसाद गौतमले बताए । 
    सीसी क्यामेरा चल्न थालेपछि चोरी, सवारी दुर्घट्नाको दोषि पत्ता लगाउनुको साथै बजारमाहुने सबै दृश्य रेकर्ड हुने भएकोले सुरक्षा ब्यबस्थामा सहज भएको उनले बताए । सीसी क्यामरा पुन जडानपछि क्यामराको साहारामा पथरीको बिभिन्न चोकबाट सय भन्दा बढी डाइस (लंगुरबुर्जा) पक्राउ परेको डीएसपी गौतमले बताए । प्रदेश सरकारले दिएको ३ वटा क्यामरा जडानपछि बजारमा २२ वटा क्यामराहुने बताइएको छ । क्यामराबाट रेकर्ड भएको दृश्य अवलोकन गर्न प्रहरी कार्यालयमा ४२ इन्जको मनिटर राखिएको छ । 
    उक्त दृश्यहरु हेर्न प्रहरी प्रमुख गौतमको मोबाइलमा पनि एप्स राखेर कनेक्सन गरिएकोले इन्टरनेट भएको जुनसुकै स्थानबाट हेर्न सकिने व्यबस्था गरिएको छ ।
    पथरीको मुन्दुम चौक (पुरानो पिपल), यलम्बर, रत्न चोक, बुद्ध चोक, पशुपति चोक, फिल्महल लाइनमा दुई वटाको दरले, शिखर, हनुमान, अन्नपूर्ण, सुनाखरी, सनम चोक र मन्दिरलाइनमा एक एक वटा गरी बजारमा १८ वटा सिसि क्यामरा राखिए राखिएको छ । सिसि क्यामेराको कन्ट्रोल (मनिटर) इलाका प्रहरी कार्यालयमा राखिएको छ । बजारमा सीसी क्यामेरा पथरी उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा धनकुमार तामाङको संयोजनमा निजी तहबाट पहिलो पटक राखिएको थियो


     

सम्वन्धित समाचार

मोरङ । प्रदेश नं. १ पुन नामकरण संयुक्त संघर्ष समितिले कोशी नाममा हस्ताक्षर गर्ने प्रदेश मन्त्री र सांसदहरुला…

मोरङ । प्रदेश नं. १ संयुक्त संघर्ष समितिले आइतबार .(मंसिर २) ‘नयाँ चरणको आन्दोलन घोषणा तथा कोशी न…

मोरङ । प्रदेशको नाम कोशी खारेजी सम्बन्धि भोली (मंसिर २ं) विराटनगरमा हुने विरोध कार्यक्रममा पूर्ब उर्जा मन्त्…

मोरङ । स्थानीय समुदायको विरोधको बाबजुद ताप्लेजुङको मुकुमलुङ .(पाथीभारा)मा केवलकार बनाउन जवरजस्ति भइरहे…