• मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० मा ‘दोस्रो पिट्सबर्ग फुटबल च्यालेन्ज कप–२०२२ आजदेखि सुरु भएको छ ।
    आज (सुक्रबार) भएको उद्घाटन खेलमा दमक एकेडेमी झापालाई १–० गोल अन्तरले पराजित गर्दै पथरी ११ प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । पथरी ११ को लागि सुमन मगरले दोस्रो हापको अन्तिम समयमा निर्णायक गोल गरेका थिए । खेलको म्यान आफ द म्याच खेल बिजेता पथरी ११ को गोलकर्ता सुमन मगर घोषित भए । भोलीको खेल बेलबारी एफसी मोरङ र बेलडाँगी भुटानी शरणार्थी शिविर झापावीच प्रतिष्पर्धा हुने आयोजक समितिको अध्यक्ष गणेश थक्लुङ लिम्बूले बताए ।
    प्रतियोगिताको उद्घाटन पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो लिम्बूको हातबाट भएको थियो । कार्यक्रममा इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी बेदप्रसाद गौतम, शिवर सचिव चम्पासिंह राई, एन्फा मोरङ अध्यक्ष संजिव बुढाथोकी, १० नं. वडा अध्यक्ष जीवन खतिवडा, स्थानीय समाजसेवी प्रदिपकुमार राई, कमल हाङबाङ, मधु लिम्बु प्रतियोगिताको सहयोगदाता अर्जुन बिष्ट लगायत कार्यक्रममा सहभागी रहेका थिए । उद्घाटन कार्यक्रममा गायक बिनोद खम्बू रस्थानीय फुटबल प्रेमीहरु सहभागिता रहेको थियो । फुडबाल फाइनलको दिन गायक खम्बू लगायतको उपस्थितिमा सांगीतिक कार्यक्रम हुने आयोजक समितिको अध्यक्ष गणेश थक्लुङ लिम्बूले बताए ।
    कार्तिक १८ गते फाइनल हुने प्रतियोगितामा प्रथम र दोस्रो हुने क्लवलाई क्रमस २ लाख १ हजार र १ लाख १ हजार नगद, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजन समितिले जनाएको छ ।
    पिट्सबर्ग फुटबल प्रतियोगिता अमेरिकाको पिट्सबर्गमा पनि नेपालीहरुवीच प्रतियोगिता हुँदै आएको अर्जुन विष्टले बताए । यहाँ  गत बर्ष पनि प्रतियोगित भएको थियो ।  


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगर—१० मा स्थापित पशुपति सामुदायिक वन उपभोक्ता समूहको १५ धौं वार्षिक स…

मोरङ । मनकामना सामुदायिक वनको चर्चा अमेरिकामा समेत हुने गरेको मोरङ पथरीशनिश्चरे नगरपालिका—१ नं.…

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…