• धनुषामा आगामी मंमिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावी सरगर्मी बढेको छ । धेरै निर्वाचन क्षेत्र रहेको भएकाले ठूला राजनीतिक दलहरुको केन्द्रबिन्दु बनेको प्रदेश २ को चुनावी माहोल झनै तातेको हो ।

    विभिन्न पार्टी तथा स्वतन्त्र रुपमा उम्मेदवारी दिएर अहिले सबै उम्मेदवार घर दैलो कार्यक्रममा व्यस्त छ्न् । चुनावी अंकगणित नियाल्दा स्वतन्त्र रूपमा  धनुषा क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दिएका अम्भुप्रसाद साह प्रतिस्पर्धा पनि चासोको विषय बनेको छ ।

    'म राजनीतिमा आउनु र मैले उम्मेदवारी दिनुमा एउटा मात्र स्वार्थ छ, त्यो हो बिकास,' उनले भने । भिन्न एजेण्डा र राम्रो भिजन रहेको तथा जनता पनि आफ्नो साथमा रहेको उनको दाबी छ ।

    अब मत रक्सी र मासुलो आडमा वा पैसामा किन्छु भन्नु मुर्खता भएको उनले बताए ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…