• मोरङ । सडन डेथको सहारामा टेन नवोदय एफसी मोरङको पथरीशनिश्चरेमा जारी दोस्रो पिट्सबर्ग फुटबल च्यालेन्ज कप–२०२२ को सेमी फाइनलमा प्रवेश गरेको छ ।
    आजको भएको खेलमा जहदा एफसी कानेपोखरीलाई सडन डेथमा पराजित गर्दै टेन नवोदाय सेमी फाइनलमा प्रवेश गरेको हो ।
    निर्धारित समय गोलरहित बराबरी भएपछि ट्राइवेकर गराइएको थियो । ट्राइवेकरमा पनि ३ बराबर गोल भएपछि निर्णय सडन डेथको आधारमा लिइएको थियो । 
    बिजेता टेन नवोदयको लागि उमेश राई, कासिम राई, योगेश राई, अनोज मागर, रोमन न्यौपाने र रोशन माझीले गोल गरेका थिए । सनम मगरले प्रहार गरेको गोल पोष्ट बाहिरिएको थियो भने अर्जुन बस्नेत र सनम तामाङले हानेको गोल बिपक्षी टिमका गोल रक्षक शरण तामाङले रोकेका थिए ।
    जहदाको तर्फबाट अर्बिन राई, कुशल राई, रोशन राई, अर्जुन राई र मनिश भण्डारीले गोल गरेका थिए । जहदाको क्याप्टेन देबिन राईले प्रहार गरेको गोल पोष्ट बाहिरिएको थियो भने पर्शन राई, दिनेश राई र रोशन माझीले हानेको गोल बिपक्षी गोल रक्षक अर्जुन बस्नेतले रोकेका थिए । खेलको म्यान आफ द म्याच टेन नवोदयका गोल रक्षक अर्जुन बस्नेत घोषित भए । बस्नेतलाई पथरीशनिश्चरे नगरपालिका १ नं. वडा अध्यक्ष भीमकुमार राईको हातबाट नगद र ट्रफी प्रदान गरिएको थियो । भोली पहिलो सेमी फाइनल खेल पथरी ११ र चारतारे युवा क्लव लेटाङवीच प्रतिष्पर्धा हुने आयोजक समितिको अध्यक्ष गणेश थक्लुङ लिम्बूले बताउनु भयो ।

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…