मोरङ । आगामी मंंसिर ४ गते हुने निर्वाचनको लागि मोरङ ३ नं. क्षेत्रको बिभिन्न वडामा निर्वाचन प्रयोजनको लागि संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको कार्यालयहरु खुल्न थालेको छ ।
आज पथरीशनिश्चरे ३ नं. वडाको को संयुक्त कार्यालय खोलेका छन् । संयुक्त लोकतान्त्रिक वाम गठबन्धनको वडा सम्पर्क कार्यालय माओवादी केन्द्रका केन्द्रीय लेखा समिति सदस्य लालबहादुर मगरको हातबाट उद्घाटन गरिएको थियो । उहाँले कार्यालय उद्घाटन गर्दै मंसिर ४ गते गठबन्धनलाई हार्ने छुट नभएको बताउनु भयो ।
कार्यक्रममा नेपाली कांग्रेसको समानुपातिक तर्फ प्रतिनिधि सभा सदस्यको उमेद्वार बसन्त भट्टराई, नेकपा (एस)को समानुपातिक प्रतिनिधि सभा सदस्यको उमेद्वार कुष्णकुमारी बिक, नेपाली कांग्रेसको नगेन्द्र सुब्बा, नगर सभापति रुपनारायण भट्टराई, माओवादी केन्द्रको नगर उपाध्यक्ष कमल हाङबाङ लगायतको उपस्थिति रहेको थियो । कार्यालयमा बोर्ड राख्नुको साथै कांग्रेस, माओवादी केन्द्र र नेकपा (एस)को झण्डा गाडेर संयुक्त कार्यालय स्थापना गरिएको हो ।