• मोरङ । किरात राई यायोक्खो केन्द्रीय समितिले प्रदेश नं. १ को नाम किरात राख्न १४ जिल्लाको संघ र प्रदेश सभा सदस्यको उमेद्वारहरुलाई आज (कार्तिक १५) कार्यक्रमको साथ ज्ञापन पत्र बुझाएका छन् । 
    यायोक्खाको गत असोज ८–१० गते भएको ११ औं महाधिवेशनले सम्पूर्ण पार्टीहरुको घोषणा पत्रमा प्रदेश नं. १ को नाम किरात लेखाउन पहल गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार कांग्रेस, एमाले, माओवादी केन्द्र, जसपा लगायतको पार्टी केन्द्रीय कार्यालयमा ज्ञापन पत्र मार्फत प्रदेश १ को नाम किरात राख्न प्रस्ताव गरेपनि खास सुनुवाइ भएको देखिएन ।
    यद्यपि यायोक्खाले अभियानलाई निरन्तरता दिने क्रममा आज (कार्तिक १५) प्रदेशको १४ जिल्लाकै प्रदेश र संघीय सांसदको उमेद्वारहरुलाई प्रदेशको नाम किरात राख्न प्रस्तावसहित ज्ञापन पत्र बुझाएका हुन् ।
    यायोक्खा केन्द्रीय समितिको कार्यक्रम अनुसार केन्द्रीय अध्यक्ष जीवन हाताचो राई झापाको विर्तामोड, सहअध्यक्ष ज्ञान राई उदयुपर, उपाध्यक्ष जनक राई खोटाङ, देवान राई भोजपुर, तिलकप्रसाद राई मोरङ, दोर्पध्वज राई सुनसरी, महासचिव भीम राई सोलुखुम्बु, उपमहासचिव, सचिव, प्रदेश अध्यक्ष पारस राई इलाम लगायत १४ जिल्लामै उमेद्वारहरुलाई एक साथ जिल्लाको ब्याबस्थापनमा ज्ञापन पत्र बुझाएको केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले बताए ।
    प्रदेशको हरेक जिल्लामा संघ र प्रदेश सभा सदस्यको उमेद्वारलाई बिजय भएर गएपछि प्रदेशको नाम किरात राख्न भूमिका खेल्न ज्ञापन पत्र बुझाएको, कार्य ब्यस्तताले आज कार्यक्रममा उपस्थिति हुन नसक्ने उमेद्वारहरुलाई जिल्ला समिति र पालिका स्तरीय समितिले उमेद्वारहरुलाई ज्ञापन पत्र, किरात सभ्यता पुस्तक प्रदान गर्ने कार्यक्रम रहेको महासचिव भीम राईले बताए ।

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…