मोरङ । मोरङको पथरीशनिश्चरे १० स्थित भुटानी शरणार्थी शिविरमा पर्सि १८ गते सांगीतिक कार्यक्रम हुने भएको छ ।
कार्यक्रममा चर्चित गायिका सुनिता थेगिम, बिनोद खम्बू र नव गायक अर्जुन विष्टको प्रस्तुति रहने आयोजक समितिको अध्यक्ष गणेश थक्लुङ लिम्बूले बताए । अर्जुन विष्ट अमेरिकाबाट आएर खेलकुद र सांगीतिक सांस्कृतिक कार्यमा लागेका युवा गायक हुन् ।
विष्टकै संयोजन र आर्थिक ब्यबस्थापनमा पथरीमा पिट्सबर्ग च्यालेन्ज कप १८ गते फाइनल हुँदैछ । सांगीतिक कार्यक्रममा इलामको एड्जोन क्र्यु डान्स सेन्टरको प्रस्तुती रहने आयोजक समितिको संयोजक लिम्बूले बताए ।