मोरङ । मोरङ ३ नं. क्षेत्रबाट प्रतिनिधि सभा सदस्यको स्वतन्त्र उमेद्वार गणेश पोख्रेलले रक्सी र मासु खुवाएको भरमा भ्रष्ट्रचार र माफिया नेताहरुलाई भोट नहाल्न अनुरोध गरेका छन् ।
अंगुरको झुप्पा चुनाव चिन्ह लिएर स्वतन्त्र उमेद्वार उठेका पोख्रेलले पुराना पतित अनुहारलाई भोट नदिन अनुरोध गर्दै आफू जित्ने दाबि पेस गरे ।
सुक्रबार पथरीमा पत्रकारहरुसँगको भेटमा पोख्रेलले आफूले जितेमा शिक्षा, स्वास्थ्य, रोजगारीको समस्या समाधानको उपायहरु र बिकास निर्माणको योजनाहरु समेटिएको घोषणा पत्र वितरण गरेका थिए ।
पोख्रेलले सचेत मतदाताहरुले बिगतहरुमा झै बिभिन्न दलका उमेद्वारहरुले भ्रष्ट्रचार गरेर ल्याएको र विरामीहरुसँग अशुलेको पैसाले किनेको रक्सी र मासु खाएर मत दिन नहुने बताएका थिए ।