• मोरङ । मोरङ ३ नं. क्षेत्रबाट माछा चुनाव चिन्हबाट प्रतिनिधि सभा सदस्यको स्वतन्त्र उमेद्वार जयराज संयोक लिम्बू नेतृत्वको ठूलो टोलीलाई अन्य उमेद्वारलाई झै मज्जैले चुनाव लागेको छ ।
    कांग्रेसको राजनीति गर्दै आएका मोरङ कानेपोखरीका जयराज संयोक लिम्बूलाई उमेद्वारी फिर्ता गराउन पहल प्रयास भइरहेको थियो । माओवादी केन्द्र, नेकपा (एस)को गठबन्धन रहेको यस क्षेत्रमा सुनिल शर्मा कांग्रेसको रुख चिन्हका साझा उमेद्वार हुन् । निर्वाचन आयोगको मनोनयन फिर्ता लिने समयमा लिम्बूको उमेद्वारी फिर्ता नभएपछि जित सुनिश्चित गर्न जयराज संयोक लिम्बूलाई पत्रकार सम्मेलन मार्फत उमेद्वारी फिर्ता गराउन समेत कांग्रेस लागेपनि फिर्ता हुने संभावना कमहुँदै गएको देखिन्छ ।
    जयराज संयोक लिम्बूको टोलीले भने माछा चिन्हको झण्डा, ३६ बुँदे घोषणा पत्र र आज (शनिबार) पथरीमा पत्रकार सम्मेलनको आयोजना गरेपछि भने माछालाई चुनाव मज्जैले लागेको प्रष्ट भएको छ ।
    पत्रकार सम्मेलनमा सुजता कोइरालाको पूर्व स्वर्कीय सचिवसमेत रहेका कांग्रेस नेता केशव दुलाल, बेलबारी नगरपालिकाको अघिल्लो निर्वाचनमा पार्टीको तर्फबाट मेयरको उमेद्वार राजकुमार लिम्बु, काबुलबहादुर मगर, शेरबहादुर लिम्बू, पथरीशनिश्चरे नगर १० नं. पूर्व वडा अध्यक्ष सागर राई लगायतको टोली निर्वाचन परिचालन समिति बनाएर भोट माग्न थालेका छन् ।
    पत्रकार सम्मेलनमा जयराज संयोक लिम्बूले एमाले र कांग्रेसका दुवै उमेद्वारहरुलाई द्रब्य पिसाचको संज्ञा दिए । भानुभक्त ढकाल स्वास्थ्य मन्त्रीहुँदा भ्रष्ट्राचारको आरोप लागेका र सुनिल शर्मा आफै माफिया भएकोले आफूलाई निर्वाचन जित्न सहज हुने उनको र्तक थियो ।
    उमेद्वार संयोकले आफू कांग्रेसको विद्रोही उमेद्वार र नेपाली कांग्रेस भित्रको इमान्दार कार्यकर्ताहरुको साझा प्रतिनिधित्व भएको बताए । उनले कांग्रेस भित्र विचार, सिद्धान्त, आर्दश ध्वस्त भएर व्यक्तिगत स्वार्थ हाबि भएको वितरित प्रेस विज्ञप्तिमा उल्लेख छ ।
    बाबु प्रजातन्त्रको पक्षमा लाग्दा पञ्चायती शासकले अन्तराष्ट्रिय तत्व घोषणा गरेकोले भारत प्रभासमा जाँदा आफूपनि बाबुसँगै निर्वासित बन्नु परेको नेपाल आएपछि स्कुल जीवनदेखि नै नेवि संघमा लागेर मोरङ जिल्ला सदस्य, सहसचिव, सभापति तरुण दल कानेपोखरीको संस्थापक कानेपोखरी अध्यक्ष, १३ औं महाधिवेशनमा महासमिति सदस्य, १४ औंको महाधिवेशन प्रतिनिधि, पार्टीको मोरङ जिल्ला सदस्यहुँदै निरन्तर कांग्रेस राजनीतिमा लागिरहे पनि पार्टी भित्रको विकृति विरुद्ध यो चुनावमा उमेद्वारी दिनु परेको विज्ञप्तिमा उल्लेख छ ।
    कांग्रेस भित्र अग्रजलाई अपमान, त्याग र बिलदानलाई मूर्ख, सहनसिलतालाई कमजोरी, गरिबीको उपहास, निष्ठालाई खरिद गर्ने कोसिस गर्ने गरेको उल्लेख छ । त्यसैले योग्य र इमान्दार उमेद्वार माछामा भोट लगाउन उमेद्वार जयराज संयोक लिम्बूले अनुरोध गरे ।


     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीमा सुशिला कन्दङ्वा मेमोरियल पथरीशनिश्चरे चेस (बुद्धिचाल) च्याम्पियनसिप २०८२ सुरु भएको छ…

मोरङ । मोरङको पथरीमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो पथरीशनिश्चरे गोल्डकप—२०८२ को उपाधिको लागि आय…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपाकिाल १ स्थित कन्तुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक सा…

मोरङ । लेखक, संकलक तथा खोजकर्ता दीपेन्द्रराज तिम्सिनाको १४ ओै पुस्तक ‘नेपालको बैङ्किङ इतिहास’…