• नपाएको जिल्लाको ट्याग लागेको पर्वतको विकाश गर्न भन्दै जोशी, एमाले नेता पदम गिरीसहितका नेता चुनावी मैदानमा छन् ।
    जोशीका लागि यो पटक भने गठबन्धनको भरोसा छ । अघिल्लो पटक गिरीसँग रहेको माओवादी यो पटक जोशीको साथमा छ  । अझै साथमा छ माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको पार्टी पनि । सत्ता गठबन्धनको बलमा उनी गिरीसँग पराजयको बदला लिन चाहन्छन्, यो पटक । चुनावी चटारोका समयमा हामीले नेता जोशीलाई  तपाईले जित्छु भन्ने आधारहरु के के छन् भनेर सोधेका छौँ । 

    चुनावको मिति नजिकिँदै गएको छ, ढुकढुकी कत्तिको बढेको छ ?

    सुन्दर नगरी पर्वतको उकाली ओराली अनि घर दैलोमा ढुकढुकी पुरै बढेको छ । ढुकढुकीसँगै हामीले जनताको शुभेच्छा लिइरहेका छौँ । जसका कारण चुनाव जित्नेमा ढुक्क छौँ । पर्वतबाट निर्वाचित भएर ‘हृयाट्रिक’ गर्नुभएको  तपाईलाई एमाले नेता पदम गिरीले २०७४ मा पराजित गर्नुभयो । गिरीसँगको यो प्रतिस्पर्धाका कारण ढुकढुकी कति बढेको छ भनेको ?   

    त्यतिबेलाको गठबन्धन र पदमलाई जिताउने शक्ति माओवादी र गठबन्धन अहिले हामी एकै ठाउँमा छौँ । जुन शक्तिको मद्दतले त्यतिबेला गिरीले जित्नु भयो, अहिले माओवादी र एकिकृत समाजवादीसहितको पाँच दलीय गठबन्धन हामी एकै ठाउँमा भएका कारण नतिजा हाम्रै पक्षमा आउने पक्का छ । पर्वतमा एमाले एक्लो भएका कारण मैले चुनाव जित्छु भन्ने कुरामा पूर्ण विश्वस्त छु। 

    घरदैलोमा मतदातासँगको भेटघाटमा के पाउनुभयो  ?

    अहिले पनि घरदैलोमा नै छु । घरदैलोमा एकदम भरोसा, विश्वास पाएको छु । यो गठबन्धनले संविधानको रक्षा गर्छ, विकाश गर्छ , समृद्धि ल्याउँछ भन्ने कुरा हामीले जनतामा  राखेका छौँ । जनता सकारात्मक हुनुहुन्छ । मैले विगतमा  गरेको कामलाई जनताले अहिले पनि सम्झिरहन्छन् । अझै बाँकी रहेका र ठूला कामहरु म आएपछि फेरि गर्नुछ । 

    २०५६, २०६४ र २०७० को जित र २०७४ को पराजयबाट कस्तो पाठ सिक्नु भएको छ ?  

    २०५६, २०६४ र २०७० मा मैले पर्वतमा विकासको एकखालको लहर चलाएँ । तर,  २०७४ को पराजयलाई मैले गम्भीर भएर समीक्षा गरेको छु । हिजो के कस्ता कमिकमजोरीहरु भए भन्ने कुरालाई सुधार गरेर मैले जानुपर्ने महसुस गरेको छु । 

    यहाँले अघिल्लो पटक पनि कुश्मा ज्ञादी जोड्ने मोटरेवल पुलका लागि पहल गर्छु भन्नुभएको थियो, यसपटक उक्त विषय यहाँको नजरमा छ कि छैन  ? 

    मोदी खोलामाथिको पक्की पुल पर्वतवासीका लागि अत्यावश्यक छ । जसको निर्माणले कुश्मा नगरपालिकाको समृद्धि र विकासका लागि ठूलो टेवा पुग्ने भएकाले हामीले उक्त पुल निर्माणमा  पूर्ण रुपमा पहल गनेछौँ । 

    तीनपटक चुनाव जित्दा पनि मन्त्री बन्ने अवसर पाउनुभएन  ?  यसपटक गठबन्धनको बलमा बाजी मार्ने र मन्त्री बन्ने सपना होला ? 

    गठबन्धन नै मैले चुनाव जित्ने मुख्य आधार नै भइहाल्यो, त्यसमा कुनै शंका नै रहेन । संसदीय राजनीति, केन्द्रीय राजनीतिमा लामो अनुभवका कारण मलाई अहिले पार्टीले नै उठाएर म चुनाव लडेको हुँ । मलाई मन्त्री बनाउने नबनाउने भन्ने इच्छा पार्टीको हो । पार्टीले अवसर दिएको खण्डमा भोलिका दिनमा म मन्त्री बन्न सक्छु । 

    अर्को पटक पनि चुनाव लड्ने इच्छा छ कि यही अन्तिम हो  ? 

    राजनीतिमा इच्छा आकांक्षा भन्ने कुरा पहिलो र अन्तिम नहुने रहेछ । मैले अघिल्लो पटक नै युवाहरुलाई अवसर दिनुपर्छ भनेको हो । तर, अहिले पार्टी र गठबन्धनले नै मलाई रोजेका कारण म उम्मेदवार बनेको हुँ । आगामी दिनमा मेरो पहल युवा राजनीतिज्ञलाई ल्याउनुपर्छ भन्ने नै पहल हुनेछ ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…