• सोलुखुम्बुबाट सत्तारुढ गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार कांग्रेसका बलबहादुर केसीले आफ्नो पहिलो प्राथमिकता सोलुको पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्र रहेको बताएका छन्। मेरापिक क्षेत्र महाकुलुङ–३ छेस्काम भएका चुनावी कार्यक्रममा केसीले सोलुखुम्बुको पर्यटन, शिक्षा, स्वास्थ्य क्षेत्रको विकासका लागि कांग्रेसकै उम्मेदवार निर्वाचित हुनुपर्ने बताए । 

    मेरापिक आधार शिविर जाने बाटो कांग्रेसको नेतृत्वमा मात्र सम्भब रहेको बताएका उनले छेस्कामबाट गुदेल जाने बाटोको स्तरोन्नति सँगै मोटरेवल पुल बनाउने प्रतिबद्धता जनाएका छन् । 

    पर्यटन प्रवद्र्धनका लागि मेरापिक हिमालय रेन्ज मकालुवरुण राष्ट्र्यि निकुञ्ज एंव चाम्लाङ हिमाल आरोहण सहज बनाउन गठबन्धन उम्मेदवारलाई निर्वाचित गराउनृुपर्ने मतदातासँग आग्रह गरे । 

    सोलुखुम्बुको अधिकांश विद्यालय आफ्नो पहलमा निर्माण भएको स्मरण गराउँदै केसीले सोलुको विकास र समृद्धिका लागि आफ्नो सदैव खटिरहने प्रतिबद्धता पनि जनाए । 

    पर्यटन प्राविधिक शिक्षा र प्राविधिक विद्यालय स्थापना गर्ने उनको भनाइ छ ।  सोलुखुम्बुबाट विजयी भएर ह्यार्टिक गरेका केसीसँ एमालेका मानवीर राई प्रतिस्पर्धामा छन् । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…