मोरङ । मोरङ ३ नं. क्षेत्र (क) प्रदेश सभा सदस्यको गठबन्धनको साझा उमेद्वार शेखरचन्द्र थापाको निधनको खबर आइरहेपनि आधिकारिक पुष्टि भने भएको छैन ।
थापा १ नं. प्रदेश सरकारको वन तथा वातावरण मन्त्री समेत हुन् । पाँचदलीय गठबन्धनको तर्पmबाट रुख चिन्हबाट साझा उमेद्वार थिए । उमेद्वार मनोनयन दर्ता लगतै अस्वास्थ्य भएका थापाको काठमाडौंमा उपचारपछि केही दिन अघि विराटनगरको नोवेल अस्पताल ल्याएर उपचार भइरहेको थियो ।
घट्नाको बारेमा नेपाली कांग्रेस मोरङ ३ नं. क्षेत्रीय सभापति गणेश खड्का र पथरीशनिश्चरे नगर सभापति रुपनारायण भट्टराईले निधन भएको आन्तरिक रुपमा जानकारी आएपनि चिकित्सकबाट आधिकारी पुष्टि आउनु भने बाँकी रहेको बताए । गापा पथरीशनिश्चरेको स्थायी बासिन्दा हुन् ।