मोरङ । मोरङ ३ नं. क्षेत्र (क) प्रदेश सभा सदस्यको गठबन्धनको साझा उमेद्वार शेखरचन्द्र थापाको निधनको भएको छ ।
थापा १ नं. प्रदेश सरकारको वन तथा वातावरण मन्त्री समेत हुन् । पाँचदलीय गठबन्धनको तर्पmबाट रुख चिन्हबाट साझा उमेद्वार थिए । उमेद्वार मनोनयन दर्ता लगतै अस्वास्थ्य भएका थापाको काठमाडौंमा भएको उपचारले स्वास्थ्यमा सुधार आएपछि केही दिनअघि विराटनगरको नोवेल अस्पताल ल्याएर ल्याइएको थियो ।
थापाको आज बिहार साढे १० बजे निधन भएको नोवेल अस्पतालको प्रशासन प्रमुख नारायण दाहालले जानकारी दिए । थापा पथरीशनिश्चरे नगरपालिकाको स्थायी बासिन्दा हुन् ।
उमेद्वारको मृत्यु हुँदा निर्वाचन आयोगले पुनः मनोनयन दर्ता खोल्नु पर्ने वा स्थागित गर्नुपर्ने हुन्छ । यस बिषयमा निर्वाचन आयोगले समयको मध्यनजर गरेर निर्णय गर्नेछ