• नेकपा एमाले केन्द्रीय अनुशासन आयोगका सदस्य तथा रुपन्देही क्षेत्र नम्बर ३ (२)बाट प्रदेशसभा सदस्यका उम्मेदवार तुलसी प्रसाद चौधरीले विकास निर्माणको सवालमा आफूहरु संवेदनशील भएको दाबी गरेका छन् । उनले अरुले कुरा गरे पनि आफूहरुले काम गरेर देखाएको बताए ।

    एमाले, राप्रपा र (जसपाले  बुटवल उपमहानगरपालिका–१४ स्थित बेलभरीयामा आयोजना गरेको कार्यक्रममा बोल्दै चौधरीले नेपाली कांग्रेसले के गर्छ भन्ने कुरा एकपटक कांग्रेसका नेतालाई सोध्न आग्रह गरे । उनले भने, ‘कांग्रेसको नेता हुन सजिलो छ, कांग्रेसका नेताहरुलाई विकास गर भन्नु पर्दैन, उहाँहरुबाट विकासका काम हुन सक्दैन ।’

    दीपक बोहरा रुपन्देहीको विकासको पर्यायवाची भएको उनको भनाइ छ । नेता चौधरीले रुपन्देहीको विकासको कुरा गर्दा दीपक बोहराको नाम जोडिने बताए । पाँच दलीय गठबन्धनले केही नपाएपछि नेता बोहरा बोल्न सक्नुहुन्न भनेर जनतामाझ भ्रम फैलाएको उनले बताए । उनले भने, ‘मंसिर १५ सम्म चिकित्सकबाट बोहरालाई नबोल्न आग्रह गरिएकाले उहाँ अहिले बोल्नुभएको छैन, निर्वाचित भएपछि उहाँ संसदमा बोल्नुहुन्छ ।’

    त्यस्तै बुटवल-१४ स्थित विनायकपुरमा बोल्दै नेता चौधरीले आफू पदमा नरहँदा पनि बोहराले कोरोना महामारीमा स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री उपलब्ध गराउनुभएको बताए । उनले भने, ‘मैले गरेको विकासको बारेमा विकासप्रेमी जनताले राम्रोसँग बुझ्नुभएको छ, २०७४ सालको निर्वाचनमा जनताले राम्रो मतका साथ मलाई जिताउनुभएको थियो ।’

    एमाले सरकारमा नहुँदा विकास निर्माण ठप्प भएको र कांग्रेसले सरकारको नेतृत्व नगर्दा मुलुकमा विकास हुन नसक्ने उनको भनाइ छ ।.

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…