• मोरङ । प्रदेश नं. १ सरकारको वन तथा वातावरण मन्त्री शेखरचन्द्र थापाको शवलाई हजारौ शुभचिन्तकहरुको उपस्थितिमा मोरङ पथरीशनिश्चरे स्थित डाँस खोला घाटमा हिजो साँझ अन्त्यष्टि भएको छ ।
    थापा मोरङ ३ नं. क्षेत्र (क) प्रदेश सभा सदस्यको गठबन्धनको साझा उमेद्वार थिए । निमोनिया लगायतको स्वास्थ्य समस्याको कारण हिजो निधन भएको थापाको शवलाई इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी बेदप्रसाद गौतमको प्रहरी टोलीले अन्तिम सलामी दिएको थियो ।
    तेह्रथुम पञ्चकन्या छथर ८ मा बाबु ताराबहादुर थापा र आमा कृष्णमाया थापाको कोखबाट २०२१ साल कातिकमा जन्मनु भएका शेखरचन्द्र थापा हाल मोरङको पथरी शनिश्चरे ८ का स्थायी बासिन्दा हुन् । मन्त्री थापाको श्रीमती एक छोरा र छोरी छन् ।
    थापाले पथरीशनिश्चरेमा रहेको बुद्ध माविमा ६ बर्ष शिक्षण गरेका थिए । थापा कांग्रेसको २ नं. क्षेत्रीय सभापति, जिल्ला प्रतिनिधिहुँदै नेपाली कांग्रेसको सभापति तथा पूर्ब प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आठ बर्षसम्म स्वर्कीय सविच भएर काम गर्नुभएको थियो ।
    थापालाई प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, कांग्रेस पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वक्तब्य प्रकाशन गरी श्रदाञ्जली दिएका छन् ।
    थापाको हिजो साँझ पार्टीको तर्फबाट अन्तिम श्रदाञ्जलीसहित अन्त्यष्टि गरिएको हो । अन्त्यष्टि कार्यक्रममा प्रदेश सरकारका उच्च मदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको थियो ।
    पथरीशनिश्चरे नगरबाट पहिलो मन्त्री बन्नु भएका शेखरचन्द्र थापाको शवलाई चढाउन फुलमालाको गुच्चासहित हजारौ शुभचिन्तक डाँसखोला घाट पुगेका थिए ।
     

सम्वन्धित समाचार

मोरङ । मनकामना सामुदायिक वनको चर्चा अमेरिकामा समेत हुने गरेको मोरङ पथरीशनिश्चरे नगरपालिका—१ नं.…

मोरङ । मोरङको कानेपोखरी ७ स्थित जंगलमा बेवारिसे शव फेला परेको छ ।  मुख्य सडकदेखि करिव ३ सय मिटर…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—२, मा रहेको हरियाली सामुदायिक वन लिमिटेडद्वारा सञ्चालित स्वी…

मोरङ । नक्कली भुटानी शरणार्थी ठगि मुद्दाको फायल खोल्ने साथ पूर्ब प्रधानमन्त्री शेरबहादुर देउवा, केपी ओली, प…