•  काठमाडौं क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका शिशिर खनालले जनताका समस्या समाधान गरेर राजनीतिलाई सेवाको रुपमा रुपान्तरण गर्ने बताएका छन् । 

    सांसद भएर संसदमा प्रवेश गरेपछि निरन्तर जनताको सम्पर्क र माझमा रहेर उनीहरुको समस्यालाई समाधान गर्न आफू क्रियाशील रहने बताएका उनले युवा उद्यमशीलता र सरकारी विद्यालय शिक्षामा गुणस्तरमा विशेष जोड दिने बताए । 

    टिच फर नेपाल संस्थाका सहसंस्थापक तथा उद्यमीसमेत रहेका खनालले शिक्षा र स्वास्थ्यको क्षेत्र सुधारका लागि केही कानुन आवश्यक रहेकाले ऐन ल्याउन पहल गर्ने बताए । उनका अनुसार आवश्यक शिक्षा ऐन नबन्दा लाखौं विद्यार्थीलाई असर गरेको छ । 

    अमेरिकाको युनिभर्सिटी अफ विस्कन्सनबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेका खनालले युवा, शिक्षा, उद्यमशीलतामा काम गर्नुपर्ने बताए । यसमा आफ्नो जोड रहने उनको भनाइ छ । 

    चुनावी प्रचारका क्रममा मतदाताले सडक र खानी पानी समस्याबारे जानकारी गराएकाले यसको समाधानका लागि पनि काम गर्नुपर्ने उनको भनाइ छ । यी सब काम गर्न जनताले आगामी निर्वाचनमा आफूलाई जनताले मत दिएर संसदमा प्रतिनिधिको रुपमा पठाउनुपर्ने उम्मेदवार खनालले बताए । 

    सार्वजनिक नीति भएको र शिक्षाको क्षेत्रमा आफूले काम गरेकाले यही क्षेत्रमा आवश्यक नीति निर्माणको काम गर्ने उनले प्रतिबद्धता जनाए । 
     

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…