मोरङ । मोरङ ३ नं. क्षेत्रमा पुन प्रतिनिधि सभा सदस्यको उमेद्वार भानुभक्त ढकाल घरदैलोको क्रममा आगामी दिनमा गरिने कार्यको प्रतिबद्धता भन्दा प्रतिरक्षा भाषणमा सिमित देखिएका छन् ।
अघिल्लो निर्वाचनमा जितेर गएका ढकाल सुरुमा कानून र पछि बिभाग परिवर्तन गरेर स्वास्थ्य मन्त्री बनेका थिए ।
ढकाल दोस्रो पटक मोरङ ३ बाट प्रतिनिधि सभा सदस्य उठेका हुन् । ढकाल र प्रदेश सभा सदस्य (क)का उमेद्वार दिलिप राई लगायतको टोली पथरीशनिश्चरे लगायत एक चरण घरदैलो कार्यक्रम गरेका छन् ।
घरदैलो कार्यक्रममा बोल्ने क्रममा ढकाल आफूलाई लाग्ने गरेको आरोपको खण्डन र प्रतिरक्षामा सिमित हुने गरेको देखिएको हो ।
सुनिल शर्मा अघिल्लो निर्वाचनमा कांग्रेसको तर्फबाट ढकालको प्रतिस्पिर्धी थिए । शर्मा यो पटक गठबन्धनको तर्फबाट पुन ढकालको प्रतिस्पर्धी रहेका छन् । अघिल्लो निर्वाचनमा एमाले र माओवादीको तालमेल र कांग्रेस एक्लै निर्वाचनमा भिड्ना १९ सय मतको फरकले ढकालले जितेका थिए ।
यो पटक घरदैलोको क्रममा उमेद्वार सुनिल शर्माले आफ्नो कार्यक्रममा भानुभक्त ढकालले कोरोनाको बेला एउटा माक्स र एक किलो चामल क्षेत्रबासी कसैको घरमा लिएर आएको प्रमाण भए उमेद्वारी फिर्ता लिने चुनौति दिदै आएका छन् । शर्माले आफूले क्षेत्रमा रहेको पथरीशनिचरे, बेलबारी र सुन्दर हरैचा नगरपालिकाको जनतालाई अक्सिजन, माक्स, सेनिटाइजर र दाल चामल किन्न ४० लाख नगरपालिकालाई बुझाएको र नगरको रेकर्ड गएर हेर्न ढकाल पक्षलाई भन्दै आएका छन् ।
चेक (रकम) लिन नमान्ने कानेपोखरीमा ७ सय घरपरिवारलाई निजी खर्चमा राहत वितरण गर्दा स्वास्थ्य मन्त्री भानुभक्त कढाल क्षेत्र नटेकेको र औषधी खरिदमा कमिसनको विवादमा तानिएको जनतालाई प्रष्ट भएको बताउदै आएका छन् ।
शर्माले आफूले हजारौ विरामीलाई निसुल्क उपचार गरेको, सात सय जति विद्यार्थीलाई निशुल्क चिकित्सा सम्बन्धि पढाएको, बेलबारी, पथरीशनिश्चरे लगायतका क्षेत्रमा सडक कालोपत्रे र मर्मत गरेको तर भानुभक्तले सरकारको रकमबाट पनि काम गर्न नसकेको बताउदै आएका छन ।
ढकालले आदिबासी जनजातिलाई संग्राहलय बनाइ दिन्छु, सुकुम्बासी समस्य अर्को पटक आउदा पुरै धनिपुर्जा दिएर मात्र वा समाधान गरेर मात्र आउँछु भनेर ढाँटेको प्रमाण सबैसँग भएको शर्माले बताउदै आएका छन् ।
टिकट र अवसर वितरणमा असन्तुलित एमाले कार्यकर्ता, प्रतिबद्धता पुरा गर्न नसकेकोमा आफ्नै कार्यकर्ताहरुले प्रस्न उठाइ रहेको बेला घरदैलोमा रहेका भानुभक्त कढालको मन्तब्य प्रतिरक्षामा सिमिति हुने गरेको छ ।
कढालले सुकुम्बासी समस्या कानुन बनाएर समाधान गछौ भनेका थियौ बाचा पुरा गरियो भन्ने गरेका छन् । अघिल्लो निर्वाचनमा ढकालले बोलेका भिडियो क्लिप्समा कानुनको कुरा नगरेर अर्को पटक आउदा सुकुम्बासीको समस्या समाधान भइसक्ने र सो बारे बोल्नु नपर्ने गरेर आउछौ भनेको प्रष्ट छ ।
आदिबासी संग्राहलय बारे जग्गा प्राप्ति प्रकृयामा रहेको, ५० लाखको डीपीआर तयार गरेको, मुद्धा परेकोले पुन जितेर यो कार्यकालमा बनाउने ढकालले भन्ने गरेका छन् ।
ढकालले हामीले गरेको प्रतिबद्धता पाँच बर्षमा पुरा गछौ भनेका थियौ तर ३ बर्षमा सरकार छाड्नु परेको र कोरोना समस्याले केही काम पुरा गर्न नसकेको बताउदै आएका छन् ।
ढकालले देशमा ३९७ वटा अस्पताल सिल्यानास गरेको, यो क्षेत्रमा ४ वटा परेको, सडक यातायात, पथरी बहुमुखी क्याम्पस, खोला तट्बन्धनमा रकम आएको बताए पनि स्वयम इमान्दार एमाले कार्यकर्ता ढकाल प्रति त्यति खुसी देखिन्दैनन् । केही कार्यकर्ताहरुले त टिकट दिदै ध्यान पु¥याउनु पर्ने, ढकालको ठाउँमा अर्को नेतालाई दिइनु पर्ने सुझाव राख्दै आएका थिए । ढकालले आफ्नो आलोचकहरुलाई हाम्रो आलोचना गर्न जन्मिएकाहरुलाई भन्नु केही छैन । कार्यकर्ताको रचनात्मक आलोचना र सुझावलाई लिएर अर्को पटकदेखि क्षेत्र आइरहने बताउदै आएका छन् ।
ढकाल औषधि खरिद काण्डमा लेखा समितिको छानविबनमा परेको, प्रतिबद्धता पुरा नगरेको, कोरोना कालमा सुनिल शर्मा माक्स, सेनिटानइजर र नगरपालिकालाई निजी रकम वितरण गरिरहदा कढाल एउटा माक्स समेत लिएर क्षेत्र नआएको बिषय, अघिल्लो निर्वाचनमा माओवादी र एमालेसम्म लाग्दा १९ सय मतको फरक, एमाले बिभाजन भएर नेकपा (एस) गठबन्धन हुनुको साथै टिकट वितरणमा आन्तरिक झमेला कायम हुनुने पछिल्लो समयमा ढकाल प्रतिरक्षामा सिमित देखिन्छन् । अघिल्लो निर्वाचनमा जस्तो यो र त्यो गर्छु भन्ने गरेको सुनिदैन ।