•  राप्रपा नेता प्रकाशचन्द्र लोहनीले अग्रगमनका नाममा जनताले दिएको राज्यशक्तिलाई नेताहरुले दुरुपयोग गरेको आरोप लगाएका छन् । 

    काठमाडौंको वसन्तपुरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले जनताको शक्तिबाट प्राप्त राज्यशक्तिकै दुरुपयोग गरेर जनताविरुद्ध नै प्रयोग गरेको आरोप लगाए । यदी कसैले दुरुपयोग भयो भन्यो भने पश्चगामीको आरोप लगाउने गरेको उनको भनाइ छ । 

    ‘यदी कसैले राज्यशक्तिको दुरुपयोग भयो भन्यो भने एउटा कथा रचिएको छ । कथा के हो भने यी त पश्चगामी भए । पश्चगामी भए भन्ने कथा रचिएको छ ,’ उनले भने, हामीलाई यस्तो भन्ने साथीहरुलाई सोध्न चहान्छु, संविधानको निरन्तर उल्लंघन गर्नु अग्रगामी हो ? संविधान निरन्तर उल्लंघन भएको छ । नियुक्ति र लाइसेन्स दिइएको छ । सत्तामा पुगेर शक्तिको सदुपयोग भयो ? के त्यही हो अग्रमगन भनेको ?’ 

    यसबारे राप्रपाले जवाफ खोजेको भन्दै उनले पैसा लिएर भागबण्डलाई गर्नेलाई पनि अग्रमगन हो भन्दै प्रश्न गरे । प्रतिस्पर्धी राजनीतिक दलप्रति आक्रोश व्यक्त गरेका उनले राजदूत नियुक्तिमा पनि पैसाको लेनदेन हुने गरेको आरोप लगाए । 

    आफूहरु संसदमा पुगेपछि अग्रगामीको नाममा दुर्गन्धपूर्ण भएका नवसामन्तीहरुको नागेंझार पार्ने डा. लोहनीको चेतावनी छ । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…