• काठमाडौं, २८ कात्तिक

    संयुक्त अरब इमिरेट्स युएईले पहिलो एक दिवसीय खेलमा नेपालासामु जितका लागि २ सय ६४  रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गर्न आएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रनको योगफल बनाएको हो ।

     

    युएईका रोहन मुस्ताफाले ७३ बलमा ७ चौकाकाे मद्दतमा ५३ रन बनाए । यस्तै, ओपनर अरविन्दले ४० रन बनाए । मुहामेद वासिमले ४१ कलमा ६ चौका र एक छक्काकाे मद्दतमा ४४ रन जोडे । नेपालका गुल्सन झाले दुई तथा सोमपाल कामी र दिपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए ।

    तीन एक दिवसीय शृंखलाअन्तर्गत दोस्रो खेल बुधबार र अन्तिम खेल शुक्रबार हुनेछ । रोहित पौडेलको कप्तानीमा नेपालले खेल्न लागेको यो पहिलो खेल हो । 

सम्वन्धित समाचार

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…

माघ २ बुधबार  लेटाङ नगरपालिका वडा नम्बर ३ मा नेपाल कम्युनिस्ट पार्टि माओवादी केन्द्रको वडा अधिबेश…