• मोरङ/ एमाले मोरङ ३ नं. क्षेत्रीय सदस्य जीवन कटुवाल नेपाली कांग्रेसमा प्रबेस गरेको छ ।

    निर्वाचनको नजिकिदै जाँदा मोरङ क्षेत्र नं ३ माको विभिन्न स्थानबाट एमाले छाड्ने क्रम बढेको छ ।  

    यसैक्रममा नेकपा एमालेका क्षेत्रीय सदस्य जीवन कटुवाल नेपाली काङग्रेस प्रवेश गरेका छन् । कटुवाललाई नेपाली संयुक्त लोकतान्त्रीक बाम गठबन्धनका उम्मेद्धार डाक्टर सुनिल शर्माले कांग्रेस प्रबेस  गराएका हुन । कटुवाल पथरीशनिश्चरे वडा नं १० निवासी हुन ।

    कटुवाल पथरी जेसिजमा अध्यक्ष, जालपा आधारभुत विद्यालय पथरीशनिश्चरे १० को विद्यालय व्यवस्थापन समितिको पूर्ब अध्यक्ष, डाँस मोरङगी सामुदायीक बनको अध्यक्ष, नवसृजना सहकारीको उपाध्यक्ष लगायत विभिन्न संघसंस्थाको नेतृत्व गरिसकेका छन् । 

    केही दिन अघि देबि प्रसाईंले एमाले छाडेको घोषणा गरेका छन । पार्टीको प्रदेश समितिको संगठन बिभाग प्रमुख लगायतले पार्टी छाडेका छन । पथरीशनिश्चरे नगर उपप्रमुख यमुना बिष्टले पनि सामाजिक संजालमार्फत पार्टी छाडेको घोषणा गरेपनी केहिदिन अघि काममा फर्किएका छन ।

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…