• महोत्तरी, ५ मंसिर

    महोत्तरीमा कुल मतको ६५ प्रतिशत मत खसेको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जिल्लामा ३ लाख ९७ हजार मतदाता छन् । जसमध्ये २ लाख १५ हजार  १ सय ३१ पुरुष र १ लाख ८१ हजार ८ सय ९८ महिला रहेको छन् ।

    मतदानस्थलमा स्थानिय निर्वाचनको जस्तो खासै उत्साह नदेखिएतापनी ६५ प्रतिशत मत भने खसेको जिल्ला निर्वाचन कार्यालय प्रमुख सुबोध कुमार महतोले जानकारी दिए ।

    जिल्लाका केही ठाउँहरुमा विवाद र फर्जी मतदाता पक्राउ परेपनि चार वटै क्षेत्रमा निर्वाचन सान्तिपूर्ण ढंगले सम्पन्न भएको छ ।

    क्षेत्र नम्बर १ स्थित गौशाला नगरपालिकाको निगौल भन्ने मतदानस्थलवाट ४ जनालाइ प्रहरीले नियन्त्रण लियो भने  जिल्लाभरीवाट १८० भन्दा बढी सवारीसाधनलाइ प्रहरीले कारबाही गरेको छ ।

    जिल्लामा मतदान भएका मतपेटिकालाई मतगणनास्थलमा ल्याइएको छ । मतगणनास्थलमा ल्याइएका मतपेटिका दलहरूको सहमति जुटे आज रातीवाट नै गणना गरिने निर्वाचन अधिकृतहरुले बताएका छन् ।

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…