• भैरहवा,  ६ मंसिर

    रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर ४ मा मतगणना सुरु भएकाे छ । दिउँसाे सुरु भएकाे मतगणनाबाट प्रतिनिधिसभा सदस्यतर्फ २५४८ मत गणना हुँदा लोसपाका उम्मेदवार सर्वेन्द्रनाथ शुक्लले ९९४ मत ल्याएका छन् ।

    यसैगरी, प्रतिनिधिसभा सदस्यतर्फ कांग्रेसका उम्मेदवार प्रमोदकुमार यादवले ७२३ मत, जनमत पार्टीका उम्मेदवार भोपेन्द्रप्रसाद यादव ४९३, जसपाका उम्मेदवार ओमप्रकाश यादव ३१ मत ल्याएका निर्वाचन कार्यालयले जनाएको छ ।

    क्षेत्र नं. ४ 'क'मा प्रदेशसभा सदस्य पदका लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार कन्हैया बनियाँ ११०९, कांग्रेसका उम्मेदवार अष्टभुजा पाठक ४८७, जनमत पार्टीका उम्मेदवार जितेन्द्रनाथ शुक्ल ४९५ मत ल्याएका निर्वाचन कार्यालयले जनाएको छ ।

    क्षेत्र नं. ४ 'ख'मा प्रदेशसभा सदस्य पदका कांग्रेसका उम्मेदवार बसीउद्दीन खाले ८३३, जनमत पार्टीका उम्मेदवार अर्जुन सिंह ४८८, लोसपाका उम्मेदवार मोहनलाल यादवले ४५० मत ल्याएका छन् ।

सम्वन्धित समाचार

विराटनगर ।  कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई एमालेले मार्ग प्रशस्त गर्न एमालेले आग्रह गरेको छ …

धनगढी । सुदूरपश्चिम प्रदेशमा नयाँ सरकार बनाउन दाबि गर्ने समय आज सकिदै छ । प्रदेश प्रमुख नजिर मियाँले चैत…

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ । प्रतिनिधिसभाको बैठक…

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएको छ । भृकुटीमण्डपबाट शुरु भएको रा…