इन्दिप कोइराला
बारा, ९ मंसिर
बारा क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा बहालवाला सभामुख समेत रहेका जसपाका सरोजकुमार यादव पुनः विजयी भएका छन् । जनता समाजवादी पार्टी नेपालका उम्मेदवार यादवले कांग्रेसका नागेन्द्रप्रसाद साह कानुलाई ४ हजार ८८७ मतान्तरले हराए ।
यादवले १५ हजार ९२७ मत प्राप्त गर्दा कानुले ११ हजार ४० मत पाए ।