• मोरङ । समुदायिक बिकास मञ्च (सीडीएफ) नेपाल मोरङले सुक्रबार पथरीशनिश्चरे–१० मा आयोजना गरेको बक्तित्व कला प्रतियोगितामा रतुवामाइ नगरपालिका स्थित महेन्द्र माविमा अध्ययरत छात्रा सरस्वति कटुवाल प्रथम भएकी छन् ।
    प्रतियोगितामा पथरीशनिश्चरे ४ स्थित भागिरथ माविमा अध्ययरत छात्र सुशिल थारु दोस्रो र सोही नगरपालिका १ मा स्थापित पञ्चायत माविकी लियोना भट्टराई तेस्रो भएकी छन् ।
    प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुने बिद्यार्थीहरुलाई क्रमस सात हाजार, पाँच र ३ हजार नगद, प्रमाणपत्र र ट्रफी प्रदान गरिएको थियो । मोरङको बिभिन्न ९ वटा विद्यालयमा अध्ययनरत १४ जना बिद्यार्थी बक्तित्व कला प्रतियोगितामा सहभागी रहेका थिए ।
    धार्मिक सहिष्णुता बिषयमा भएको बक्तित्व कला प्रतियोगिताको निर्णायक पञ्चायत माविका शिक्षकसमेत रहेका पत्रकार अर्जुन जम्नेली राई, झापा दमक घर भएका साहित्यकार कृष्ण घिमिरे (कश्यप) र लेटाङकी सामाजिक अभियान्ता शान्ति पाख्रिन तामाङ रहेका थिए ।
    आयोजक संस्थाको अध्यक्ष रामचन्द्र बुढाथोकीको सभापतित्वमा भएको कार्यक्रममा अन्तर धार्मिक शान्ति सञ्जालको केन्द्रीय अध्यक्ष रामभक्त कुरुङबाङ, १ नं. प्रदेश समिति सचिव चन्द्र घिसिङ, स्थानीय समाजसेवी प्रदिपकुमार राई लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा साहित्यकार सुमन राईले कबिता, निर्णायक कृष्ण कश्यापले गजल वाचन गरेका थिए ।
    कार्यक्रमको समन्वय अन्तरधार्मिक शान्ति सञ्जालले गरेका थिए । सञ्जालको मोरङ जिल्ला अध्यक्ष सुमन कुरुम्बाङले सञ्चालन गरेको कार्यक्रममा पथरीशनिश्चरे १ स्थित सुनाखरी माविका प्रधानाध्यापक नरेन्द्र घिसिङ, भुटानी शरणार्थी शिविर सचिव चम्पासिंह राई, युवा समाजसेबी गणेश थक्लुङ, मान दियाली, इन्द्रकुमारी लिम्बू, पथरी जेसीज अध्यक्ष अनु राई, पथरीशनिश्चरे नगरको पूर्ब जनप्रतिनिधिहरु काशिहाङ राई, अनोज घिमिरे, पथरीशनिश्चरे नगरको सूचना संयोजक सन्तोष राई लगायतको उपस्थिति रहेको थियो ।
    सीडीएफ नेपाल र अन्तरधार्मिक शान्ति सञ्जालले बिभिन्न धर्ममा आस्था राख्ने समुदायवीच एक आपसमा समन्वय तथा यस सम्बन्धी कार्यक्रमहरु गर्दै आएको छ ।

सम्वन्धित समाचार

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगर स्थि पथरी जेसीज बर्ष २०२६ का लागि अध्यक्षमा सुमान कुरुम्बाङ लिम्बू सर्वसहमत …

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरी—११, फुटबल क्लवले आयोजना गरेको ‘अन्तर्राष्ट्रिय आमन्त्रण दो…