• काठमाडौं, २१ मंसिर 

    नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि अमेरिकी राजदूत डीआर थम्पसनबीच भेटवार्ता भएको छ । 

    एकीकृत समाजवादीको मुख्यालयमा बुधबार अध्यक्ष नेपाल र राजदूत थम्पसनबीच भेटवार्ता भएको नेपालको निजी सचिवालयले जनाएको छ । उक्त भेटवार्ताका क्रममा राजदूत थम्पसनले अध्यक्ष नेपाललाई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिएका छन् । साथै अध्यक्ष नेपालले पनि थम्पसनको कार्यकालको सफलताको कामना गरेका थिए । साथै नेपाल र अमेरिकाबीचको सम्बन्धसहितका विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ । 

    हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएका बेला र नयाँ सरकार गठनका लागि दलहरु आ–आफ्नो रणनीति तय गरिरहेका बेला राजदूत थम्पसनको राजनीतिक भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । 

    तस्बिर सौजन्य : माधव नेपालको सचिवालय

सम्वन्धित समाचार

काठमाडौ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज दिउँसो १ बजे बस्नेगरी बोलाइएको एमाले केन्द्रीय का…

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे ललितपुरको च्यासलस्थित पार्टी केन्द्री…

काठमाडौ । सत्तारुढ दल नेपाली कांग्रेस रामेछापका सांसद पूर्णबहादुर तामाङ (कान्छाराम) ले दुई उपप्रधानमन्त्री…

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ ।  सरकारले जेठ १५…