• मोरङ । समाचार लेखेकै आधारमा प्रहरी हिरासतमा राखिएको उदयपुरका पत्रकार गजेन्द्र राईलाई निसर्त रिहाइको माग राख्दै आज (बिहिबार) मोरङको पथरीशनिश्चरेमा विरोध प्रदर्शन भएको छ ।

    किरात राई पत्रकार संघ मोरङको आयोजनामा भएको विरोध कार्यक्रममा पत्रकारहरुले गजेन्द्र राईलाई निसर्त रिहाइ गरेर मुद्धा प्रेस काउन्सिललाई जिम्मा दिनुपर्ने बताएका छन् ।

    कार्यक्रममा फोनिज १ नं. प्रदेश समितिको निवर्तमान अध्यक्ष तथा किरात राई पत्रकार ंसंघको पूर्ब केन्द्रीय सदस्य अर्जुन जम्नेली राईले समाचार लेखेकै भरमा पक्राउ परेको गजेन्द्र राईलाई रिहाइ नगरे कडा आन्दोलन हुने चेतावनी दिए ।

    तथ्य समाचार प्रशासर गर्ने पत्रकार गजेन्द्र राई विरुद्ध कसैले उचालेको भरमा मुद्धा लगाइएको र सो मुद्धा प्रहरीले प्रेस काउन्सिलाई जिम्मा दिनुपर्ने राईको भनाइ थियो । जुन समाचारको कारण गजेन्द्र राई हिरासतमा छन विश्वको जुनसुकै निकाय गएर छानविन गरेपनि घट्ना सत्य र पीडितको पक्षमा प्रशारण भएको उनले बताए । समाचारको बिषय छानविन गर्ने निकाय प्रहरी नभएकोले प्रेस काउन्सिललाई तुरुन्त बुझाउनु पर्ने यसो नगरिए पत्रकारहरु कडा विरोधमा उत्रिनुको बिकल्प नहुने राईको भनाइ थियो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङको उपाध्यक्ष मोहन भट्टराईले महासंघ चरणबद्ध आन्दोलनमा रहेको र पत्रकार गजेन्द्र राईको रिहाइ नगरे आन्दोलन थपहुँदै जाने बताए । कार्यक्रममा नागरिक समाजको तर्फबाट स्थानीय समाजसेबी प्रदिपकुमार राई लगायतले एकेबद्धता जनाएका थिए ।
    किरात राई पत्रकार संघ मोरङ जिल्ला अध्यक्ष बिजय खम्बू राईको सभापतित्वमा भएको विरोध कार्यक्रममा किरात राई पत्रकार संघ मोरङको निवर्तमान अध्यक्ष तथा प्रेस चौतारी मोरङको वर्तमान उपाध्यक्ष सन्तोष राई, पत्रकार गोपाल काफ्ले, छबि ढकाल, प्रेम केडी, संगीता, कविता राई लगायतको उपस्थिति रहेको थियो । विरोध कार्यक्रममा पत्रकार गजेन्द्र राईलाई निसर्त रिहाइ गर लगायतको नारा लगाएका थिए ।

    गजेन्द्र राईले उदयपुरका एकजना शिक्षकले बैदेशिक रोजगारीमा गएका भतिजोको  श्रीमती आफ्नो बुहारीसँग मिलेमतोमा हाडनाता यौन सम्बन्ध गर्दै आएको खुल्दै गएपछि स्थानीय बासीहरुले बैठक बसेरै यस्ता क्रियाकलाप नगर्न लिखित कागज गराएका थिए । 

    कागज गराएपछि पनि क्रियाकलाप नछाडेको बिषयको समाचार पत्रकार गजेन्द्र राईले युट्युब च्यानलमा अपलोड गरेका थिए । समाचारमा हाडनाता यौन सम्पर्क गर्ने शिक्षकसमेत रहेका ससुरा, एउटा सामुदायिक वन उपभोक्ता समितिको सचिवसमेत रहेकी बुहारी, बिदेशमा रहेका पीडित युवा, स्थानीयबासीहरुले सो बिषयमा बोलेको भिडियो क्लिपहरु समाचारमा प्रस्तुत छ । समाचार हेर्दा तथ्य र सबैको भिडियो राखेर सन्तुलन मिलाइएको छ ।

    सो बिषयको समाचार सुरुमा च्यानलबाट डिलिट गर्न दबाब दिएको र पछि गएर विद्युतिय अपराध सम्बन्धी मुद्धा दर्ता भएपछि पत्रकार गजेन्द्र राईलाई उदयपुरबाट प्रहरी पक्रेर काठमाडौको दरबार मार्ग स्थित प्रहरी परिसरमा राखिएको छ ।

सम्वन्धित समाचार

मोरङ । पहिचान पक्षधरहरुको एकीकृत शक्ति र भविश्यमा पार्टी निर्माण गर्ने उदेश्यले छलफल सुरु हुनुको साथै संयो…

भूमिप्रसाद पाठक मोरङ । मोरङको पथरी शनिश्चरे १ को वडा कार्यालयले नजिकिँदै गरेका दशैं सहितका विभ…

मोरङ । मोरङको पथरीशनिश्चरे स्थित पथरीमा बुधबार जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय पथरीको संयुक्…

मोरङ । मोरङको पथरीशनिश्चरे—२, स्थित हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो साधारण सभा बुधबार समाप…