• मोरङ । पूर्बी नेपालमा बसोबास मुख्य बसोबास रहेको राई, लिम्बू, याक्खा सुनुवार लगायतका समुदायले आज सर्षोल्लासको साथ उद्यौली चाड मनाएका छन् ।
    देशको बिभिन्न स्थानमा साकेला तथा च्याब्रुङ नाच लगायतको सांस्कृतिक मनोरञ्चनको साथ उद्यौली चाड मनाएका हुन ।
    मोरङको पथरीशनिश्चरे नगरमा राई, लिम्बू समुदायले आफ्नो माङखिममा आज बिहान पुजा गरे पश्चायन सांस्कृतिक झाँकी प्रस्तुत गर्दै चाड मनाएका हुन् ।
    किरात राई यायोक्खा पथरीशनिश्चरे नगर समितिको आयोजनामा पथरीको साकेला थानमा पुजा गर्नुको साथै सिली प्रस्तुत गरिएको थियो । कार्यक्रममा उपस्थित सहभागिहरुलाई किरात राई समुदायको मौलिक परिकार वाचिपा लगायत वितरण गरिएको यायोक्खा नगर समितिको अध्यक्ष प्रेमकुमार राईले बताए ।
    किरात याक्थुङ चुम्लुङ नगर समितिको आयोजनामा पथरीशनिश्चरे–१० स्थित सिरिजङ्गा धार्मिक वन क्षेत्रमा आजै भब्य रुपमा चासोक तङ्नाम मनाएका छन् ।
    आज बिहानै फेदाङ्माहरुको उपस्थितिमा युमा पुजा गर्नुको साथै नगर प्रमुख मोहन तुम्बापोको प्रमुख अतिथ्यतामा केलाङ, पालाम,  हाक्पारे, ख्याली लगायतको सांस्कृति प्रदर्शन भएको थियो । कार्यक्रममा नगर प्रमुखको साथै किरात याक्थुङ चुम्लुङको केन्द्रीय महासचिव निरन्ति तुम्बापो लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
    अपरान्ह गायिका रचना रिमाल, नन्दु गुरुङ, रबिन कन्दङ्वा, ताराबिर पाण्डेको साथै बाल गायिका रुक्सना लिम्बूको साथमा सांगीतिक कार्यक्रम भएको थियो । कार्यक्रमको सहयोगदाताहरुलाई आयोजकको तर्फबाट कदर पत्र प्रदान गरिएको थियो ।
    उत्सवको रुपमा आयोजित कार्यक्रममा लिम्बू समुदायको परिकारको प्रसस्त स्टलहरु राख्नुको साथै मेलामा राखिने तिर, रिङ लगायतको खेल सामाग्री राखिएको थियो । 
    राई, लिम्बू समुदाय सांस्कृतिक चाड मनाउन आ–आफ्नो भेषभुषा, गरगहना लगाएर कार्यक्रम स्थाल पुगेर आफन्तहरुसँग भेटघाट, मौलिक खानपिनको साथै मनोरञ्जन लिएका थिए ।
    राई, लिम्बू, याक्खा, सुनुवार समुदयले मोरङको लेटाङ, बेलबारी, सुन्दरहरैचा, उर्लाबारी, विराटनगर लगायतका माङखिमहरुमा हर्सोल्लासको साथ चाड मनाएका हुन् । 
    किराती समुदायले काठमाडौको साथै सुनसरी, झापा, मोरङ, पूर्बी पहाडी जिल्लाहरु र अमेरिका, बेलायत, हाङकङ, मकाउ, भारत लगायतको विभिन्न देशहरुमा समेत चाड मनाएको किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष जीवन हाताचो राईले बताए ।

सम्वन्धित समाचार

मोरङ । तालिम प्राप्त कुकुरहरु प्रयोग गरेर मोरङको पथरी बजारमा अबैध लागु औषध खोजि गर्ने क्रममा एक जना पक्रा…

मोरङ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा मोरङको पथरीशनिश्चरेमा भएको ‘प्रथम पथरीशनिश्चरे पञ्जा …

मोरङ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा मोरङको पथरीशनिश्चरेमा ‘प्रथम पथरीशनिश्चरे पञ्जा लडाइ …

मोरङ । पूर्बी नेपालमा प्रयोगहुने वान्तावा र चाम्लिङ (राई) भाषालाई सरकारी कामकाजको भाषाको मन्यता दिनुपर्ने…