• मोरङ । खोटाङबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित प्रदेश नं. १ को खानेपानी तथा सिचाइ मन्त्री रामकुमार राई (पासाङ)शनिबार मोरङको पथरीमा सम्मानित भएका छन् ।

    मन्त्री राईलाई रोदुङ चाम्लिङ दिखलीपाछा रोमिपोमी केन्द्रीय समितिले बधाई शुभकामनाको साथ किराती परम्परा अनुसार नछुङ मार्फत शिर उभ्याउनी (सम्मान) गरेका हुन् ।
    नव निर्वाचित प्रतिनिधि सभा सदस्य राई दिखुलिपाछा भएको कारण दाजुभाइ संस्थाले सम्मान गरेको हो ।
    पथरीशनिश्चरे १ स्थित साकेला थानमा भएको सम्मान कार्यक्रममा संविधान सभा सदस्य चण्डीप्रसाद राई, पूर्ब प्रदेश सभा सदस्य कृष्णकुमारी राई लगायतले शुभकामना मन्तव्य दिएका थिए । किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राई, किरात राई चम्लिङ खाम्बातिमको केन्द्रीय सचिव भुपाल राई, किरात राई प्रज्ञा परिषद सदस्य सालिक सातासक लगायतको उपस्थिति रहेको थियो ।

    आयोजक संस्थाको अध्यक्ष सन्त राईको सभापतित्वमा भएको कार्यक्रममा मन्त्री रामकुमार राईले संघीयता ल्याइएपनि पनि प्रदेश र स्थानीय तह सरकारमा पुरा अधिकार आइ नसेको बताए ।

    स्थानीय तह नगर वा गाँउ पालिकाबाट नागरिकता र जग्गा पास जस्ता अधिकार आउनु पर्ने, निर्वाचन प्रणाली खर्चिलो भएकोले ठेक्दार, तस्करहरुले मात्र चुनाव जित्न सक्ने भएकोले निर्वाचन र शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने बिजेता राईको भनाइ थियो । प्रदेश संसदले प्रदेश नं. १ को नाम राख्न नसकिएकोले आउने प्रदेश सभाले किरातसहितको बहुपहिचानको आधारमा राखिनु पर्ने राईको भनाइ थियो ।


     

सम्वन्धित समाचार

मोरङ । पथरीमा फुटबल रंगशाला निर्माण गर्ने लगायतको प्रस्तावहरु पारित गर्दै मोरङको पथरीशनिश्चरेमा स्थापित शा…

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…

मोरङ । नेपालमा मिस ग्लोब जितेर विश्व सुन्दरी प्रतियोगिता भिड्न जाँदै गरकी मोरङ पथरीशनिश्चरे नगरकी रिजु भट्…

मोरङ । तालिम प्राप्त कुकुरहरु प्रयोग गरेर मोरङको पथरी बजारमा अबैध लागु औषध खोजि गर्ने क्रममा एक जना पक्रा…