• मोरङ । युवाहरुलाई भारतीय सेनामा भर्ति गरिदिन्छु भन्दै रकम लिएको अभियोगमा मोरङ पथरीशनिश्चरे ३ का नरेन्द्र पाख्रिन तामाङलाई प्रहरीले पक्रेको छ ।
    भारतीय सेना लगाइदिन्छु भन्दै पैसा लिएर सेना नलगाएको बारे जाहेरी दिएपछि ४२ बर्षिय तामाङलाई इलाका प्रहरी कार्यालय पथरीले पक्रेर ठगी मुद्धा चलाएको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख बेदप्रसाद गौतमले बताए ।
    भारतीय सेनामा भर्ति लगाइदिने आश्वासन दिदै तामाङले २८ जनालाई ५ देखि ८ लाखसम्म ठगी गरेको प्रहरीले जनाएको छ । पीडित मध्ये एक जना जाहेरी आएको प्रहरीले जनाएको छ । सोमबार जिल्ला अदालत मोरङबाट अनुसन्धानको लागि सात दिन म्याद दिएको डीएसपी गौतमले बताए । 
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…