• मोरङ । प्रदेश नं. १ बाट माओवादी केन्द्रले भोजपुरको दुर्गा राईलाई मात्र समानुपातिकतर्फको प्रतिनिधि सभा सदस्यमा सिफासिर गरेको छ ।

    दुर्गा राई माओवादी केन्द्रको केन्द्रीय सदस्य, पार्टी सम्बद्ध आदिबासी÷जनजाति संयुक्त मोर्चाको केन्द्रीय कार्यालय सदस्य, किराती राष्ट्रिय मुक्ति मोर्चाको पूर्ब केन्द्रीय अध्यक्ष हुन् ।

    माओवादी केन्द्रको तर्फबाट निर्वाचन आयोगलाई बुझाएको बन्द सूचिमा राईको नाम १ नंम्बरमा थियो ।

    पार्टीले क्लस्टर अनुसार बुझाएको सूचिमा आदिबासी जनजाति तर्फ दुर्गा राई (भोजपुर), मीना तामाङ (काभ्रे), उर्मिला माझी पौडेल ( लमजुङ), छिरिङ ल्यामु तामाङ (जुम्ला¬) रहेका छन् ।

    खसआर्य महिलामा ज्ञानु बस्नेत सुवेदी (चितवन), विमला सुवेदी (नुवाकोट¬), नारायणी शर्मा (दाङ¬) रहेका छन् । त्यसैगरी थारु महिलामा रुपा सोसी चौधरी(¬कैलाली), दलित महिलामा सुशीला श्रीपाली (अर्घाखाँची), मधेशी महिलामा मीना यादव(¬सर्लाही), उमरावतीदेवी यादव(¬बारा), मुस्लिम महिलामा कल्पना मियाँ, दलित पुरुषमा रणेन्द्र बराइली (¬चितवन), खस आर्य पुरुषतर्फ हितराज पाण्ड (¬काठमाडौ) रहेका छन् ।

    प्रदेश १ बाट प्रतिनिधि सभामा प्रत्यक्षतर्फ रामकुमार राई (खोटाङ), सुदन किराती (भोजपुर), अमनलाल मोदी (मोरङ–४) गरी तीन जनाले बिजय गरेका छन् । पार्टी केन्द्रीय समितिले दुर्गा राई सिफारिस भएपछि प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने चार जना भएका छन् ।

    प्रदेश सभामा प्रत्यक्षतर्फ आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङबो (पाँचथर), उदयुपरबाट राजन किराती र नारायण बुर्जा मगर, ओखलढुङ्गाबाट बाबुराम गौतम, सोलुखुम्बुबाट गोम्बु शेर्पा, तेह्रथुमबाट दुर्गाप्रसाद चपागाई, संखुवासभाबाट राजेन्द्र कार्की, मोरङबाट गणेश उप्रेति, जीवन आचार्य गरी नौ जनाले जितेका छन् ।

    प्रदेश सभा समानुपातिक तर्फ बन्दना झाँगड (झापा), सम्झना तामाङ थाम्सुहाङ (उदयपुर), गीता तिम्सिना (मोरङ), गोपालबहादुर बिक (झापा) सिफारिस भएका छन् प्रदेश सभामा ९३ मा १३ ले माओवादी केन्द्रको प्रतिनिधित्व गर्ने भएका छन् । प्रदेश सभामा माओवादी केन्द्रको तर्फबाट इन्द्रआङ्बोले संसदीय दलको नेता र मुख्यमन्त्रीको दाबी गर्दै आएका छन् । आर्थिक तथा योजनामा मन्त्री आङ्बो पाँच बर्षमा दुई पटक आर्थिक मामिला मन्त्री भएर काम गरेका अनुभवि मन्त्री हुन् ।
     

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…