• मोरङ । मोरङको पथरीशनिश्चरे–१ मा आगामी पुस पहिलो सातादेखि मिनि महोत्सव लगायउने तयारी भएको छ ।
    पथरी बजारको बिभिन्न स्थानमा सडक लाइट र नपुगेको स्थानहरुमा सीसी टिभि क्यामरा राख्ने लगायतको उदेश्य राखेर महोत्सव लगाउन लागिएको आयोजक सुनाखरी  युवा क्लवका अध्यक्ष मिलन राईले बताए । महोत्सवको सह आयोजकमा फुलबारी समाज र भुल्के समाज रहने स्थानीय रोशन हाङबाङ्गले बताए ।
    पथरीको जाँते मोड स्थित फुटबल मैदानमा पुस ३ गतेदेखि २० दिनसम्म लाग्ने महोत्सवमा गायक राजेशपायल राई, एलिना चौहन, मेलिना राई, सुगम पोख्रेल लगायतसँग कुरा भइरहेको आयोजक समितिले जनाएको छ ।
    महोत्सवमा दैनिक गायक कलाकारहरुको साथमा रोटेपिङ, बालबालिकालाई मनोरञ्जन दिन बिभिन्न खेल सामाग्री रहने आयोजक समितिको निर्देशक मनि लिम्बूले बताए । महोत्सबबाट संकलित रकमबाट सुनाखरी चोक, भुल्के, फुलबारी चोक, किरात मार्ग लगायतमा सडक बक्ति जडान र बिभिन्न छ स्थानमा सीसी क्यामरा जडान गर्ने योजना रहेको आयोजक समितिको सचिव बिकास राईले बताए ।
    कार्यक्रम बारे जानकारी गराउन आज (बुधबार) आयोजित पत्रकार सम्मेलनमा महोत्सबको ठेक्दार पर्बत लामा, स्थाीय युवाहरु देब साम्पाङ, दिपेश थापा, जोन सुब्बा लगायतको उपस्थिति रहेको थियो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…