• मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) अन्तरगर्तको अन्डर १५ फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ ।
    पथरीशनिश्चरे २ स्थित देविगञ्ज फुटबल मैदानमा सुरुभएको आजको खेलमा न्युपेगोडा, बाल जागरण, रेड स्टार, सुपब, मोरङ मेरिगोल्ड र बाल्मीकि बोर्डिङ स्कुल प्रतियोगिताको क्वाडर फाइनलमा प्रवेश गरेको छ ।
    न्युपेगोडा बोर्डिङ स्कुलले ब्राइट फ्युचरलाई ५–० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेको हो । बाल जागरणले जुनताराई ११–०, रेड स्टारले केबी मेमोरियललाई ५–०,  मोरङ मेरिगोल्डले प्याराडाइजलाई २–०, बाल्मीकि बोर्डिङ स्कुलले भूपु सैनिकलाई ३–० र सुपापले अरुनोदय बोर्डिङ स्कुललाई सडन डेथको साहरामा पराजित गर्दै प्रतियोगिताको क्याटर फाइनलमा प्रवेश गरेको हो । 
    सुपाप र अरुनोदयवीचको खेल अवधिभर गोलरहित बराबरी, प्यानल्टी सुटआउटमा ३ बराबरी गोल भएपछि सडन डेथको आधारमा निर्णय भएको थियो । 
    सुक्रबारको खेलमा बाल जागरणका खेलाडी योगराज खड्का र सोहन लावतीले ह्याट्रिक गरेका थिए । त्यसैगरी अरुणोदय र सुपप बोर्डिङ स्कुलवीचको खेलमा सुपपका खेलाडी योजन मगरले ह्याट्रिक गरेको ब्याब्सन नगर समितिको सदस्य सुजन बास्तोलाले बताए ।
    भोली (शनिबार¬) पहिलो चरणको खेल एभरेष्ठ भर्सेज प्यागोडा मोडन, कञ्चनजङ्गा भर्सेज डनबस्कोवीच प्रतिस्पर्धा हुने भएको छ ।
    तीन दिनसम्म हुने प्रतियोगितामा प्रथमहुने टिम (स्कल)लाई जिल्ला प्रतियोगितामा लगिने प्याब्सन पथरीशनिश्चरे नगर समिति अध्यक्ष सुरेन्द्र लिम्बूले बताए । मोरङ जिल्लामा रहेको १७ वटा पालिकाबाट जितेर आएको टिमहरुलाई जिल्लामा प्रतिस्पर्धा गराइने भएको छ ।

    छानिएर आएको स्कुललाई प्रदेशको १४ जिल्लावीच प्रतियोगिता गराइने र प्रदेशमा जित्ने स्कुललाई ब्याब्सनको आयोजनामा देशभर प्रतिस्पर्धा गराइने भएको छ ।
    प्याब्सन पथरीशनिश्चरेको आयोजनामा भएको खेलमा भलिबल पुरुष तर्फ एभरेष्ट प्रथम, बालमीकि दोस्रो, महिलातर्फ भूपू सैनिक प्रथम र एभरेष्ट दोस्रो भएको प्याब्सन नगर अध्यक्ष सुरेन्द्र लिम्बूले बताए । 


     

सम्वन्धित समाचार

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…

मोरङ । मोरङको पथरीशनिश्चरे—२ लिचिडाँडामा नाट्याशाला निर्माणहुने भएको छ ।  शब्द थिएटरको लगाय…

मोरङ । नेकपा (एमाले) पूर्व प्रदेश समिति दसस्य तथा वर्तमान सल्लाहकार समिति सदस्य पर्शु मिश्रले पार्टी परित्याग…

मोरङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) पथरीशनिश्चरे नगर समितिको दोस्रो परिषद भेला स…