• मोरङ । नेकपा (माओवादी केन्द्र)बाट समानुपातिकतर्फ १ नं. प्रदेश सभा सदस्य निर्वाचित गीता तिम्सिना बिहिबार पथरीशनिश्चरे नगरमा सम्मानित भएकी छन् ।
    माओवादी केन्द्र पथरीशनिश्चरे नगर समितिले प्रदेश सांसद गीता तिम्सिनालाई बधाईसहित सम्मान गरेको हो ।
    पार्टी नगर समिति अध्यक्ष गोबिन्द कटुवालको सभापतित्वमा भएको कार्यक्रममा संविधान सभा सदस्य लालबहादुर सुश्लिङ मागर, पार्टी सम्बद्ध किराती राष्ट्रिय मुक्ति मोर्चा महासचिव अर्जुन जम्नेली राई लगायतले बधाई तथा शुभकामना मन्तब्य राखेका थिए ।
    पार्टीको केन्द्रीय सदस्यसमेत रहेकी प्रदेश सभा सदस्य गीता तिम्सिनाले आफू क्षेत्रको बिकाससँगै पार्टी निर्माणमा लागि पर्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । पार्टी नगर समितिको आयोजनामा भएको कार्यक्रममा मंसिरमा भएको संघ, प्रदेश सभा सदस्यको निर्वाचन बारे समीक्षा भएको थियो । पार्टी कार्यलयमा भएको कार्यक्रममा अधिकांस कार्यकर्ताहरुले आउने ५ बर्ष पार्टी निर्माणमा लाग्नुपर्ने सुझाब दिएका थिए ।


     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…