• मोरङ । शुल्क वृद्धिको विरुद्धमा १३ दिन अघि मोरङको पथरी बहुमुखी क्याम्पस प्रशासनमा लगाएको ताला अझै खुलेको छैन ।

    आइतबार क्याम्पस सन्चालक समितिको अध्यक्ष रामकुमार बस्नेतको अध्यक्षतामा पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, कम्पस प्रमुख शान्तिराम मिम्सिना, १ नम्बर वडा अध्यक्ष भीमकुमार राई, बिद्यार्थी प्रतिनिधिहरु नेकपा (एस) सम्बद्ध अखिलका क्याम्पस इकाई समितिको अध्यक्ष प्रकाश शिवा, नेपाल विद्यार्थी संघको तर्फबाट केशर राई, पूर्ब स्वबियु सभापति गोपाल साम्बा लिम्बू, एमाले अखिल लगायत बसेर वार्ता भएको थियो ।

    वार्तामा काम्पस प्रशासनको तर्फबाट बढेको शुल्क घटाउन नमानेपछि निस्कर्ष बिहिन टुंगिएको छ । यस अघिको वार्तापनी यसैगरी बिन निस्कर्ष टुंगिएको थियो ।

    क्याम्पसले १८ हजारबाट ६ हजार ५ सय बढाएर एकै चोटी २४ हजार बार्षिक शुल्क बनाएपछि बिद्यार्थीहरुको  संयुक्त मोर्चाले मंसिर २७ गते क्याम्पस प्रमुखको कार्यालयमा ताला लगायको थियो ।

    आइतबारको वार्ता निष्कर्ष बिहिन भएपछि आन्दोलन अझै कडा बनाउने बारेमा बिद्यार्थीवीच छलफल भइरहेको प्रकाश शिवाले बताए । परीक्षा फर्म खुलेकोले प्रशासनको ताला खुलाएर फर्म भरिसकेर मुख्य गेटमै ताला लाउने बिषयमा छलफल भइरहेको बताइको छ ।

     

सम्वन्धित समाचार

मोरङ । पुरस्कार वितरण तथा सांस्कृतिक मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरि मोरङ पथरीशनिश्चरे—९ स्थित प्…

मोरङ । नेपाल बुद्धिचाल संघ पथरीशनिश्चरे नगर समितिद्वारा आयोजित दोस्रो पथरीशनिश्चरे बुद्धिचाल समूह प्रतियोग…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…