• मोरङ । मोरङको पथरीशनिश्चरेमा स्थापित पथरी जेसीजको ११ औ शाखा अधिवेशन वडा नं. १० स्थित फेजा होटलमा जारी रहेको छ ।
    पथरी जेसीजको बर्ष २०२२ की अध्यक्ष अणु राईको सभापतित्वमा भइरहेको कार्यक्रममा कार्यकाल भरी भएको प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत, एकता नै बल हो भन्ने बिषयमा प्रशिक्षण भएको थियो ।
    युनिटी इज स्ट्रेन्थ बिषयमा नेपाल जेसीजको पूर्ब अध्यक्ष अशोक शंकर, नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज)को निवर्तमान १ नं. प्रदेश समिति अध्यक्ष, किरात राई विद्यार्थी संघको पूर्ब केन्द्रीय अध्यक्ष, किरात राई यायोक्खा वर्तमान उपमहासचिव अर्जुन जम्नेली राई, युवा अभियान्ता शान्ति पाख्रिनले प्रस्तुति दिएका थिए । 
    भोलीसम्म हुने शाखा अधिवेशनले नयाँ समिति चयन गर्ने वर्तमान अध्यक्ष अणु राईले बताए । 
    जेसीजको अध्यक्ष, कार्यकारी उपाध्यक्ष दुई, उपाध्यक्ष ४ र एक सचिव प्रत्यक्ष रुपमा निर्वाचित हुने व्यबस्था छ ।
    पथरी जेसीज बर्ष २०२३ को लागि यो समाचार तयार पार्दासम्म अध्यक्षमा राज तिरुवा, सीताराम दराल (सरोज), सुवर्ण खत्रीले चाहाना राखेको बुझिएको छ । कार्यकारी उपाध्यक्षमा काशीहाङ राई, टेकनाथ तिम्सिना, सचिवमा नगेन्द्र घिमिरे चयनहुने सम्भावना रहेको बुझिएको छ । चार उपाध्यक्षमा पाँच जनाले चाहना राखिएको बुझिएको छ । निर्वाचन भएमा ३९ जना सदस्यले मतदान गर्ने पथरी जेसीजले जनाएको छ ।
    जेसीजमा महासचिव, कानुन सल्लाहकार र कोषाध्यक्ष अध्यक्षले मनोनित गर्ने विधानमा ब्यबस्था रहेको छ । सन २०११ मा गठन भएको पथरी जेसीजले अशोक शंकर, जीवन कटुवाल, कमल नेपाल, दीपेन्द्र तिम्सिना, राजेन्द्र बस्नेत, यादवचन्द्र दुलाल, टिकाविक्रम चौहान, मानबहादुर दियाली, शान्तोष ढुङ्गेल, प्रदिप फुयल र अणु राई गरी ११ जना पूर्ब अध्यक्ष पाइसकेका छन् । जेसीज युवाहरुको ब्यक्तित्व, नेतृत्व बिकासको साथै शासन ब्यक्तिको नभएर विधिको चल्नुपर्ने मान्यता राख्दै आएको अन्तराष्ट्रिय सञ्जाल भएको संगठन हो ।
     

सम्वन्धित समाचार

पथरी । एभरेष्ट अंग्रेजी बोडिङ स्कुल मोरङको पथरी शनिश्चरे नगर स्तरीय अन्तर विद्यालय हिज्जे प्रतियोगितामा प्रथम…

मोरङ । नेपालमा मिस ग्लोब जितेर विश्व सुन्दरी प्रतियोगिता भिड्न जाँदै गरकी मोरङ पथरीशनिश्चरे नगरकी रिजु भट्…

मोरङ । तालिम प्राप्त कुकुरहरु प्रयोग गरेर मोरङको पथरी बजारमा अबैध लागु औषध खोजि गर्ने क्रममा एक जना पक्रा…

मोरङ । द पावर जिम एण्ड फिटनेस क्लवको आयोजनामा मोरङको पथरीशनिश्चरेमा भएको ‘प्रथम पथरीशनिश्चरे पञ्जा …