मोरङ । संघीय सांसद लिला बोखिमलाई चाँगे ताप्लेजुङ एकता सम्पर्क समाज नेपालले सोमबार झापामा सम्मान गरेको छ ।
लिला बोखिम नेपाली कांग्रेसको तर्फबाट समानुपातिक सांसद निर्वाचित भएकी हुन् । नेपाली कांग्रेसको ताप्लेजुङ जिल्ला सभापति समेत भइसकेकी सांसद बोखमलाई झापामा सम्मान पत्र, टिका र खादा लगाएर सम्मान गरेको हो ।
संस्थाको अध्यक्ष बिजय आङ्बुहाङको सभापतित्वमा भएको कार्यक्रममा सचिव दुर्गाप्रसाद निरौलले सञ्चालन गरेका थिए । कार्यक्रममा समाजसेवी बानु सुब्बा, कमल हाङबाङ, बधु लिम्बू लगायतको उपस्थिति रहेको थियो ।