• मोरङ । मोरङको पथरीशनिश्चरे स्थित स्पोर्ट सप्ताह अन्तरर्गत भलिबल तर्फको फाइनल खेल समापन भएको छ ।
    भलिबलको पुरुषतर्फ व्ययवस्थापन संकायका ११ र १२ वीच आज (बिहिबार) प्रतिस्पर्धा भएको थियो । पाँच राउण्डमा भएको फाइनल खेलमा कक्षा ११ लाई पराजित गर्दै व्यव्स्थापन कक्षा १२ बिजयी भएको हो ।
    कक्षा ११ ले २१–२५, १७–२५ गरी २ सेट जितेको थियो । १२ कक्षाले ११ लाई १६–२५, १८–२५ र फाइनलमा ८–१५ को सेटले पराजित गर्दै बिजेता भएको हो । बिजेता कक्षा १२ बाट सरोज बराइली, बिन्देश राई, अबिनास महत, शन्देश राई, अमिर मगर लगायतले खेलेका थिए । कक्षा ११ बाट सुर्य राई, भुपेन्द्र राई, दिपेश लिम्बू लगायतले खेलेका थिए । पुरुषतर्फ भलिबलमा बिभिन्न संकायमा अध्ययनरत १६ टिम सहभागी रहेका थिए ।
    त्यसैगरी महिला तर्फको भलिबल खेलमा बिज्ञान संकायको ११ र १२ लाई पराजित गर्दै व्यवस्थापनकै कक्षा ११ बिजयी भएको छ । बिजेता महिला भलिबलमा सजना राई, रेजिना लिम्बू, समीक्षा तामाङ लगायत थिए भने बिक्षा कक्षा ११ र १२ को तर्फबाट स्रिष्टी राई, आयुसा लिम्बू, निहारिका मगर लगायतले खेलेका थिए । भलिबल महिलातर्फ ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

    पञ्चायत मावि प्रदेश सरकारले नमुना विद्यालय घोषणा गरेको स्कुल हो । विद्यालयमा आइतबार देखि अतिरिक्त क्रियाकलाप अन्तरर्गत खेलकुद तथा गायत, नृत्य प्रतियोगिता लगायतको प्रतियोगिताहरु भइरहेको छ । खेलकुद कार्यक्रमको विद्यालयको प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले औपचारिक रुपमा उद्घाटन गरेका थिए ।
    विद्यालयमा फुटबल, भलिबल, क्रिकेट, कबड्डी कबड्डी, ट्रिपल जम्प, हाई जम्प, लङ जम्प, दौड, रिले दौड, चकजेट दौड, बेलुन ब्लाष्ट, हण्डी फुटाइ, म्युजिकल चेयर, छेलो, बुद्धिचाल लगायतको खेलकुद भइरहेको विद्यालयको प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकीले बताए ।
    हाजिरी जवाफ, वाद विवाद, गायत, नृत्य लगायत २४ भन्दा बढी ईभेन्टमा प्रतियोगिता भइरहेको छ । बिद्यालयमा प्ले ग्रुपदेखि कक्षा १२ सम्मको ३२ सय बिद्यार्थी अध्ययनरत रहेका छन् ।
    पञ्चायतमा कक्षा ११ र १२ मा विज्ञान, शिक्षा, ब्यबस्थापन, मानवीकि बिषयमा पढाइहुँदै आएको छ । सो स्कुलमा कानून, पत्रकारिता, ललितकला लगायतको बिषयमा पठनपाठनहुँदै आएको सहायक प्रअ बिना राईले बताए ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे—२ मा स्थापित वाल्मीकि मेमोरियल बोडिङ स्कुलले शनिबार नगरमा नयाँ कामको स…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा भएको प्रतियोगितामा गायनमा राज लोहार र नृत्यतर्फ गरिमा मगरले प्रथम पथरीश…

मोरङ । मोरङको कानेपोखरी गाउँपालिकामा सम्पन्न १० औं राष्ट्रिय सिएच आईटिएफ तेक्वान्दो च्यामपियनसिको उपाधी बा…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा कफी बनाउने वारिष्टा र कुक तालिम सुरु भएको छ ।  पथरीशनिश्च…