• पथरी । मोरङको पथरीशनिश्चरेमा माघे संक्रान्ती राष्ट्रिय पर्व तथा शार ल्हेसा ५०१७ को अवसरमा शुभकामना आदान प्रदान, सम्मान तथा साँस्कृतिक कार्यक्रम भएको छ । 

    आज नेपाल मगर संघ पथरीशनिश्चरेले आयोजना गरेको सो कार्यक्रममा शुभकामना आदान प्रदानका साथमा विभिन्न साँस्कृतिक कार्यक्रमहरु भएको छ । पथरीशनिश्चरे नगरपालिकामा मगर समुदायबाट निर्वाचित जनप्रतिनिधिद्वय वडा नं. ५ का वडा सदस्य सागर लायो मगर, वडा नं. ८ का वडा सदस्य शान्ति योङहाङ मगरलाई संघले सम्मान गरेको छ । यस्तै कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान पनि गरिएको थियो । 

    कार्यक्रममा मगर राष्ट्रिय गीत, स्वागत नृत्य मारुनी साउनको ठूलो छहारी, तामाङ सेलो नृत्य, आदिवासी जनजाति नृत्य लगायतका साँस्कृतिक प्रस्तुतिहरु कलाकारले पस्केका थिए । कार्यक्रममा राष्ट्रिय कलाकार शिव थापा मगर र स्थानीय कलाकार तिलक सारु मगर र दिपक थापा मगरले पनि उपस्थित सबैलाई आफ्नो प्रस्तुतिले नचाएका थिए । 

    मगर संघ पथरीशनिश्चरेका अध्यक्ष टंक रानाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि मोरङ क्षेत्र नं. ३ का प्रतिनिधि सभासदस्य सुनिल शर्मा, विशिष्ट अतिथि माननीय गिता तिम्सिना, प्रथम संविधानसभा सदस्य लालबहादुर सुस्लिङ मगर, नेपाल मगर संघका केन्द्रीय सदस्य पार्वता मिठाकोटे लगायतले मन्तव्य राख्नुभएको थियो । 

    यस्तै अतिथिहरुमा नेपाल मगर संघ मोरङ अध्यक्ष टिकाराम पिठाकोटे, पथरीशनिश्चरे वडा नं. १ का वडाध्यक्ष भीम राई, वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बु लगायत रहनुभएको थियो । कार्यक्रममा स्वागत मन्तव्य नेपाल मगर संघ पथरीशनिश्चरे नगर कमिटी उपाध्यक्ष काबुल बहाुदर मगरको रहेको थियो भने सञ्चालन सचिव खगेन पुलामीको रहेको थियो ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा आज (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव सुरु भएको छ । …

मोरङ । आफ्नो धार्मिक÷सांस्कृतिक कार्य गर्दै आएको स्थालमा अतिक्रमणको प्रयास भएको भन्दै मोरङ कानेपोखरीम…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिकामा भोली (बैशाख २०)देखि दोस्रो नगर खेलकुद महोत्सव हुँदैछ ।  न…

मोरङ । किराती राष्ट्रिय मुक्ति मोर्चा झापा जिल्लाको बिहिबार भएको प्रथम जिल्ला सम्मेलनबाट शन्तोष राईको नेतृत्व…