• सामाजिक बिकास मन्त्री बुद्दी कुमार राजभण्डारीको राजनीतिक जीवन  १५ वर्षको युवा उमेरमा अनेरास्ववियु सोलुखुम्बु जिल्ला कमिटीको उपाध्यक्षको रुपमा २०३८ सालमा शुरु गर्नु भएको थियो । 

    भुमिगत कालमै पार्टीको २०५१ मा जिल्ला कमिटीको कार्यलय सचिव हुँदै २०५३ मा कमिटीको नेतृत्व सम्हाल्नु भएका थिए । मन्त्री राजभण्डारी हाल नेकपा एमालेको प्रदेश कमिटी सदस्य को जिम्मेवारीमा हुनुहुन्छ ।
               स्थानीय निर्वाचन २०४९ र २०५४ मा तत्कालीन सल्लेरी गा बि स वडा नम्बर ७ का वडाध्यक्षमा लगातार दुई कार्यकाल निर्वाचित हुनु भयो । २०७४ को निर्वाचनमा सोलुखुम्बु (ख) बाट निर्वाचित भए पछि अघिल्लो प्रदेश सभामा नेकपा (एमाले ) संसदिय दलको प्रमुख सचेतकको रुपमा पाँच वर्षे जिम्मेवारी कुसलता पुर्वक निभाई सक्नु भएको छ । 

    हाल सोलुखुम्बु जिल्लाको प्रदेश ( ख) बाट प्रत्यक्ष तर्फ नेकपा ( एमाले ) का प्रदेश सभा सदस्य हुनुहुन्छ । 
               आमा बिष्णुमाया र बुवा स्व. धन नारायण को चौथो सन्तानका रुपमा मन्त्री राजभण्डारी २०२३ सालमा सोलुखुम्बु जिल्लाको सदरमुकामको दोर्पुबजार मा जन्मनु भएको हो । ब्यवस्थापन संकायमा स्नातक गर्नु भएका दोर्पु बजार निवासी मन्त्री राजभण्डारीका   एक छोरी, दुई छोरा , श्रीमति र आमा हुनुहुन्छ ! 
                समाजको आर्थिक, सामाजिक, शैक्षिक, संस्कृतिक, पर्यटन, उर्जा, स्वास्थ्य लगायतको क्षेत्रमा महत्त्वपूर्ण र अग्रणी भुमिका निभाउन रुचाउने मन्त्री राजभण्डारी जिल्लाका विभिन्न संघ, संस्था, बिधालय, कलेज, रेडक्रस, सामाजिक तथा सांस्कृतिक संघ संस्थामा कार्य समिती तथा संचालक समितीको विभिन्न जिम्मेवारीमा बसेर कार्य संम्पादन गर्दै आउनु भएको छ ।
                 

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२’…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा जारी ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२&r…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आजदेखि ‘सातौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता—२०८२…

मोरङ । एसियान हाइवे मोरङको पथरीशनिश्चरे सडक खण्डमा सहरी क्षेत्रकै मापदण्डमा बनाउन खबदारी गर्दागर्दै हालसम्म…