मोरङ । शुसिला घिमिरे नेतृत्वको राष्ट्रिय भूमी आयोग जिल्ला समिति मोरङले सोमबार मोरङको पथरीशनिश्चरे नगरमा सुकुम्बासीलाई जग्गा धनीपुर्जा वितरण गरेको छ ।
समितिले पथरीशनिश्चरे वडा नं. ८ मा ११ जनालाई पुर्जा वितरण गरेको हो ।
वडा नं. ८ कार्यालयमा राष्ट्रिय भूमी आयोग जिल्ला समिति मोरङको अध्यक्ष सुसिला घिमिरे, सदस्य सचिव सुदिप श्रेष्ठ, वडा अध्यक्ष नवीन कार्की, सदस्यहरू झमकबहादुर लिम्बु र शान्ता योङ्हाङ लगायतको उपस्थितिमा पुर्जा वितरण भएको हो ।
पथरीशनिश्चरे-८ मा पुर्जा प्राप्त गर्नेहरुमा
इन्द्रबहादुर विश्वकर्मा, टिकाराम दाहाल, चन्द्रमाया कटुवाल, लोकबहादुर कार्की, शुकविर माझी, चोकराज कटुवाल, जैसे मगर, प्रेमबहादुर माझी, डम्बरबहादुर माझी, पुर्णबहादुर माझी (क) र पूर्णबहादुर माझी (ख) रहेको वडा अध्यक्ष नवीन कार्कीले जानकारी दिए ।