• मोरङको पथरीशनिश्चरे ३, सुन्दरी चोकमा गाडिएको यले स्तम्भ, मुन्दुम मान्ने समुदायले बिजय उत्सव र ऐतिहासिक कार्य गर्दा ढुङ्गाको स्तम्भ गाड्ने परम्परा थियो ।

    मोरङ । मोरङको पथरीशनिश्चरे—३ (सुन्दरी चोक)मा आज (सुक्रबार)देखि यले मेला सुरु भएको छ ।
    ‘अनेकतामा एकता मुन्दुमीहरुको मौलिकता’ भन्ने मुल नाराको साथ सुरु भएको भेला तीन दिनसम्म लाग्ने छ । 
    यले सम्वतको नयाँ बर्ष ५०८३ को अवसारमा सुरु भएको मेलाको आयोजक मुन्दुमी चुम्लुङ रहेको छ । आयोजक समितिको अध्यक्ष कबिराज लिम्बूको सभापतित्वमा भएको उद्घाटन पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोको प्रम्ख आतिथ्यमा भएको हो । 
    मेलाको उद्घाटन गर्दै प्रमुख अतिथि मोहन तुम्बापो, ३ नं. वडा अध्यक्ष बिजय सुम्बा, माओवादी केन्द्रको नरबहादुर राई, कांग्रेसकी मिना सिन्चौरी, ३ नं. वडाको पूर्ब अध्यक्ष डम्बर चेम्जोङ, इलाका प्रहरी कार्यालय पथरीको प्रमुख डीएसपी बेदप्रसाद गौतम लगायतले मेला सफलताको शुभकामना दिएका थिए । 
    मेला लाग्ने अघिल्लो साँझ पुजारीहरु टेकबहादुर लिम्बू, धनबहादुर राई, प्रेम लिम्बू लगायतले पाप पखाल्ने पुजा गरेका थिए । आज बिहान आउने सिजनमा बालि बिरुवा सप्रियोस भन्ने कामनासहित पुजाको साथै बिऊ बिजन वितरण गरिएको बताइएको छ । 
    मेला लाग्ने स्थलमा यले स्तम्भ गाडिएको छ । किरात कालमा बिजय उत्सव वा ऐतिहासिक काम गर्दा ढुङ्गाको स्तम्भ गाड्ने चलन भएकोले सो परम्परालाई निरन्तरता दिन यले स्तम्भ गाडिएको हो । 
    मुन्दुमी चुम्लुङको संरक्षक राजकुमार पालुङ्वाले मन्दुम दर्शन मान्नेहरु एकजुट भएर अघि बढ्नुपर्ने विचार राख्दै आएका छन् । 
    नेपालको संस्थापक अर्थात किरात कालको प्रथम हाङ यलम्बरको नाममा स्थापित यले सम्वत चार किरात लगायतले माघ १ लाई नयाँ बर्ष मान्दै आएका छन् । यद्यपि पथरीशनिश्चरेमा स्थापित मुन्दुमी चुम्लुङका संरक्षक राजकुमार पालुङ्वा लिम्बूले विक्रम सम्वत (हिन्दु) क्यालेण्डरसँग नमिल्ने तर्क प्रस्तुत गर्दै माघ १३ लाई नयाँ बर्ष मनाउदै आएका छन् । मुन्दुम मान्ने जाति सांस्कृतिक रुपमा एकता गर्ने अभियानको रुपमा यले मेला लगाउन थालिएको मुन्दुमी चुम्लुङका संरक्षक राजकुमार पालुङ्वा बताउछन् ।
    मेलामा रोटे पिङ, बालबालिका खेल्ने उद्यान लगायतको खेल सामाग्री रहनुको साथै आज (१३ गते) बाल गायिका रुक्सना लिम्बू, भोली (१४गते) मिलन नेवार, पर्सि (१५गते) गायक उत्तमसिंह लिम्बूको साथमा कलाकारहरुको उपस्थितिमा सांस्कृतिक कार्यक्रम हुने बताइएको छ । 




     

सम्वन्धित समाचार

मोरङ । नेपाली कम्युनिष्ट पार्टीका उमेद्वार डा.देउमान सम्वाहाङ्फेले मोरङ ३ नं. क्षेत्रमा निर्वाचन जित्ने विष्ले…

मोरङ । जनता समाजवादी पार्टी नेपालको तर्फबाट  सुनसरी–१ मा संजय मेवाहाङ राईले उम्मेदवारी दिएक…

मोरङ । कुलमान घिसिंङ नेतृन्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ जनाले पार्टी परित्याग गरे…

मोरङ । परिआएको खण्डमा नेपालमा फेरि हतियार उठ्न सक्ने प्रदेश नं. १ का पूर्व मुख्यमन्त्री राजेन्द्र राईले चेताव…