• काठमाडौं । दुवै मृगौलामा समस्या आएपछि राजधानीको महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररगत गायिका जलजला परियारलाई जापानबाट आर्थिक संकलन गरेर मतता राना मगरले उपचार आर्थिक सहयोग गर्नुभएको छ । उर्लाबारी ७ निवासी मगरले आफु स्वदेश फर्कने क्रममा आफ्ना साथीभाई शुभेच्छुकहरुसँग संकलन गरेको नगद ५० हजार १ सय जलजलाको आमालाई हस्पिटलमा पुगेर हस्तान्तरण गर्नुभयो । ममताले जलजलाको स्वास्थ्य अबस्थाबारे उहाँको परिवारसँग जानकारी लिनुभएको थियो ।


    जलजला जस्तो सुमधुर आवाजकी धनि गायिकाको उपचार गर्नको लागी आफुले सानो रकम सहयोग गर्न पाउदा खुशी लागेको ममताले बताउनुभयो । उहाँले भन्नुभयो, सहयोग अभियानमा मलाई साथ दिनुहुने सम्पूर्ण जापानमा रहनुभएका नेपाली दाजुभाई दिदीबहिनीहरुलाई धन्यवाद दिन चाहाँन्छु । तपाई बिना यो पुन्य काम सम्भव थिएन् । यो अभियानमा तिन दर्जन बढिले सहयोग गरेको उहाँले बताउनुभयो । ममताले सम्पूर्ण नेपालीलाई जलजलाको उपचारमा सहयोग गर्न आग्रह गर्नुभएको छ ।

सम्वन्धित समाचार

काठमाडौं- आगामी तीन दिनसम्म देशभरको तापक्रम बढ्ने चेतावनी जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महा…

 भजनी (कैलाली), १७ फागुन:  सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थ…

खोटाङ, १३ फागुन :  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी २९ वर्षीया फुरदिकु शेर्पा…

 काठमाडौँ, १२ माघ :  नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’…