• मोरङ । लिम्बुवान मुद्दा कमजोर बनाउन खोजेको आरोप प्रत्यारोपमा उत्रिएका संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको गुरुङ–चेम्जोङ समूहले छुट्टै बैठक बसेर संगठनको विधान बमोजिम केन्द्रीय बैठक बोलाउन दबाब दिने लगायतको निर्णय गरेको छ ।
    मुद्दा मिल्ने पार्टीहरुसँग एकता गरेर निर्वाचन वा आन्दोलनको माध्यमबाट एकात्मकवादी प्रवृति विरुद्ध धक्का हान्नुपर्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङ, महासचिव अशोक चेम्जोङ (गुरुङ–चेम्जोङ समूह) लगायत नेता, कार्यकर्ताहरुले विचार राख्दै आएका छन् ।
    संघीय र प्रदेश सभा निर्वाचनपछि राष्ट्रिय जनमुक्ति पार्टीले पत्र लेखेरै पार्टी एकताको लागि औपचारिक पत्र पठाएपछि पार्टी एकताको पक्षमा उभिएका गुरुङ–चेम्जोङ र अध्यक्ष कुमार लिङदेनवीच सम्बन्ध चिसिदै गएको छ ।
    अध्यक्ष लिङ्देनले निर्वाचनको समीक्षा, पार्टीमा आएको एकता प्रस्ताव लगायतको बिषयमा बैठक बोलाउन अनुरोध गर्दा पनि नबोलाउने गरेको गुरुङ–चेम्जोङ पक्षले बताउदै आएको छ ।
    अध्यक्ष लिङ्देनले पार्टीको बैठक राख्नुका साटो आफू निकटका संघीय सचिव चन्द्रबहादुर लिम्बूद्वारा बिभिन्न आरोपसहित आठ जना नेताहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको विज्ञप्ति सार्वजनिक गरेका थिए । 
    अध्यक्ष लिङ्देनले संगठनको बैठक नराखि कारबाहीमा उत्रिएपछि मंगलबार (माघ १८) गते झापाको बिर्तामोड स्थित थकाली होटलमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको बरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङको अध्यक्षतामा बैठक बसेर लिङ्देन पक्षले गरेको कारबाही खारेज गर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

    बिर्तामोड बैठकले मञ्चको संघीय उपाध्यक्ष टंक खापुङ, संघीय लिम्बुवान समाजिक मंच युकेको महासचिव राम इजम, मञ्चको संस्थापक नेता चुडा तुम्बाहाम्फे (युके), सघीय सचिव भबिराज तुम्सा, पाँचथर जिल्ला अध्यक्ष  चन्द्रराज आङ्देम्बे, ताप्लेजुङ अध्यक्ष भुपेन्द्र माबो, केन्द्रीय सचिवालय सदस्य पदम लिम्बू, साउदी अरब समितिको अध्यक्ष बसन्त लिम्बू लिङ्देन पक्षले गरेको कारबाही खारेज गर्नुको साथै कारबाही गरेको भनिएका नेताहरुलाई संघीय सचिव चन्द्रबहादुर लिम्बूलाई विज्ञप्ति निकालेर फिर्ताको घोषणा गर्न निर्देशन दिने निर्णय गरेको बताइएको छ ।
    संगठनलाई एकताबद्ध राख्न मञ्चको विधान बमोजिम केन्द्रीय बैठक राख्न अध्यक्ष कुमार लिङ्देनलाई दबाब दिने लगायतको निर्णय भएको महासचिव अशोक चेम्जोङले बताए ।
    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संबद्ध संघीय लिम्बुवान मञ्चले लिम्बुवान संघ राज्यको पक्षमा आन्दोलन गर्दै आएको छ । मञ्चको अध्यक्ष कुमार लिङ्देन पक्षले बिभिन्न बाहानामा गुटबन्दी गर्दै जिल्लाहरुलाई चल्न नदिएर लिम्बुवान आन्दोलन कमजोर पार्न खोजेको आरोप लगाउदै आएका छन् । 
    गुरुङ–चेम्जोङ समूहले अध्यक्ष लिङ्देनले लिम्बुवानको लागि भन्दै सानो सानो आन्दोलन गरिरहनुपर्ने तर कडा आन्दोलन गर्न नमान्ने र विचार मिल्ने संगठनहरुसँग मिलेर निर्वाचन तथा आन्दोलनलाई निर्णायक मोडमा पु¥याउन नदिएको आरोप लगाउदै आएको छ । लिम्बुवानको नाममा पहिचान विरोध पार्टीहरुको इशारामा आन्दोलन कमजोर बनाउने र परिचालित हुने गरेको आरोप प्रत्यारोपमा उत्रिएका छन् ।
    संगठन खोलेको १७ बर्ष पुग्दासम्म प्रदेशमा एकै सिट नजित्ने र आन्दोलनबाट पनि पार नलाग्ने भएपछि अध्यक्ष लिङ्देनले कि बाटो बदल्नु पर्ने कि राजिनामा दिनुपर्ने गुरुङ–चेम्जोङ पक्षधर कार्यकर्ताहरुले सामाजिक संजालहरु मार्फत दबाब दिदै आएका छन् । 
    भेडेटार भेला गरेर लिम्बुवान प्राप्तिको लागि भन्दै पाँचवटा लिम्बुवान जन्य पार्टीहरुको एकता भएको थियो । त्यो एकतामा पनि अनिच्छित देखिएका कुमार लिङ्देनकै कारण वीर नेम्वाङ, सञ्जुहाङ पालुङ्वा, कमल छाराहाङ (दिगंवत) केही बर्षपछि नै बिभाजित भएको थियो । कमल छाराहाङको देहान्तपछि त्यो समूहको नेतृत्व राजकुमार पालुङ्वा (बुढाबाघ)ले नेतृत्व गर्दै आएका छन् ।

सम्वन्धित समाचार

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका—३ मा माघ १३ देखि ३ दिनसम्म लागेको यले मेलाको हिसाव सार्जजनि…

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका आयोजित अन्तर माध्यमिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड खेलक…

मोरङ । ताप्लेजुङको मुक्कुमलुङ÷पाथीभरामा नो केवलकार आन्दोलनमा प्रहरीको गोली लागि उपचाररत घाइतेहरु…

मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिकामा आजदेखि अन्तर माध्यमिक विद्यालय स्तरीय छैटौं राष्ट्रपति रनिङशिल्ड खे…